प्रेमसिंह बस्न्यात
तपाईहरूको आत्म मरेको रहेनछ । हिजो मोहन वैद्यको कार्यक्रममा बोलें । मलाई देशको कुरा गर्दा विप्लवको मान्छे भनेर प्रहरीले थुन्न खोज्यो । सेनाले पटक–पटक कारवाही ग¥यो । यो देशको माया गर्ने घोडा, खच्चर भएपनि बोक्छु । ममा तपाईहरूप्रति आस्था छ । तपाईहरूमा टुक्रा र रिक्तता वा खाली कति छ थाहा छैन । यो देशका सुरक्षाकर्मी मरे । लोकसेवा उत्तीर्ण गरेका कर्मचारी मरे । म मर्न तयार छु । भन्छु– अमेरिका घर फर्क !
नेपाललाई ताइवान, युक्रेन बनाउन खोजिंदैछ । अमेरिका अफगानिस्तानबाट भाग्नु प¥यो । हाम्रो काँधमा बन्दुक राखेर चीनमाथि पड्काउन खोजिएको छ । भोलि भारततिर सोझिन सक्छ । मोदी अमेरिकाको बडाकाजी भएकोछ । हामी भारत–चीन युद्धमा तटस्थ बसेका थियौं । आज अमेरिका–चीन शक्ति सङ्घर्षमा तटस्थ नभएर अमेरिकाको पक्षमा, सैन्य गुटमा धकेलिएको छ । केपी ओली, प्रचण्ड भन्ने छविलाल दाहाल, माधवकुमार नेपाल र शेरबहादुर देउवाहरू अङ्ग्रेजका अक्टरलोनी, जेलेस्पी हुन् । ढाका टोपी लगाएका अमेरिकी जनरल हुन् । हामी नेपाली झुक्किनु हुँदैन । अङ्ग्रेजहरू ठाउँ–ठाउँबाट नेपालतिर पसेका थिए । आजको अक्टरलोनी देउवा हो । शिवगढी कब्जा गर्न प्रचण्ड, सिन्धुलीगढी हान्न माकुने र उदयपुरगढी कब्जा गर्न केपीलाई अमेरिकाले पठाएको छ । यिनीहरू देशका शत्रु हुन् ! शत्रु हुन् !! शत्रु हुन् !!! यिनीहरूको जोइपोइ जुटाउने पनि अमेरिका नै हो (हलमा करतल ध्वनी, ताली र हाँसो) । (आरजु राणासँग शेरबहादुर देउवाको विवाह अमेरिकीहरूले गराए । विवाह कार्यक्रम सकिएर विदा हुने बेला कृष्णप्रसाद भट्टराईले देउवालाई धाप मार्दै ‘देउवा जी, आजसम्म तिमी हाम्रो थियौ । अबदेखि राणाको भयौ’ भनेका थिए । बस्न्यातले त्यतातिर सङ्केत गर्दै थिए– सं.) हामी अब घन, लाठी, छुरी जेजे छ, बोकेर उठ्नुपर्छ ।
नेपाली जनताले एमसीसी चाहिन्न भन्दाभन्दै यिनीहरू किन लिएर आउँछन् । युवराज, विप्लव, प्रेमसिंहले मात्र बोलेर हुँदैन । मैले भनें ५ जना दलालहरूलाई पाता फर्काएर टुँडीखेलमा उभ्याउनु पर्दछ । म प्रचण्ड नामको झूठको कार्यक्रममा हिंडे । एमसीसी खारेज गर्न बानेश्वरको जुलुसमा आएका माओवादीका कार्यकर्ताहरू एमसीसी पारित गर्ने भएपछि रुँदैरुँदै घर फर्केका थिए । यो देशमा फेरि एक पटक बिसे नगर्ची म¥यो । धेरै मरे । एक दिन हामी पनि मर्ने हो । म अमेरिकी मित्रहरूलाई भन्छु– तिम्रो शत्रुसँग लड्न हामीलाई दुःख नदेऊ । त्यसैले फेरि भन्छु– गो ब्याक अमेरिका !
स्राेत: जनपत्रिका पाचौं अङ्क