७ पुष २०८१, आईतवार

देश विभाजन गर्न अमेरिका आएको छ

0

          हेमशंकर गिरी

 

 

हामी सुरक्षाकर्मी भएको कारण बाजा बजाएर मण्डलाबाट ‘मार्चपास’ ग¥यौं । सरकारको कानमा बतास लागेन । नेपाललाई भूराजनीतिक अखडा बनाउन खोजिएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले रोक्न खोज्नुभयो । तर सक्नु भएन । गृहमन्त्री नारायणकाजीले ढुक्क हुनुस् एमसीसी पारित हुँदैन भन्नुभएको थियो हामीसँग । तर झुक्याउने काम भयो । हामीलाई अनुदान हो भनियो । तर अमेरिकाले नै अनुदान होइन, लगानी हो भनिदियो । प्रधानमन्त्रीको घाँटीमा तरवार झुण्ड्याएको छ कि ? देउवा र प्रचण्डको सरकारले सहमति गरेको एमसीसी उनीहरूकै सरकारले कार्यान्वयन गर्दैछ ।
म विप्लव र झलनाथ खनाललाई भन्छु कि एमसीसी लागू गर्ने भए अनुगमनको माग गर्नुस् । जनमत सङ्ग्रह गराएर जनताको राय लिनुस् । किनकि यस्तो विवादित विषयमा जनताले निर्णय गर्न पाउनुपर्छ ।
नेपालको भूमि प्रयोग गरेर चीनलाई तहसनहस गर्न अमेरिका एमसीसी लिएर आएको छ । नेपालमा गृहयुद्ध गराउने, जातीय सद्भाव बिगार्ने र देश टुक्रा–टुक्रा पारेर कब्जा गर्ने षड्यन्त्रमा अमेरिका लागेको छ । ऋतिक रोशनले नेपाल मन पर्दैन भन्दा १० लाख नेपाली सडकमा ओर्लेका थिए । तर आज देश हडप्न खोज्दा पनि मान्छे उठेका छैनन् । दलालहरूले धम्क्याएर, हेग लान्छु भनेर, पैसा खुवाएर एमसीसी पारित गरे । स्वर्णिम वाग्लेले देशभक्तहरूलाई अल्पज्ञानी भनेका थिए । उनको ज्ञान विशाल ज्ञान हो कि दलाल ज्ञान हो ?
मलाई झलनाथको पार्टी होइन नेता मनपर्छ । तर झलनाथलाई एक्लो पारिएको छ । विप्लवलाई प्रतिबन्ध लगाएर भित्तामा पु¥याइयो । यो खेल चलिरहेको छ । सत्ताको चाबि विदेशीको हातमा छ । प्रचण्ड र संसदीय दलबिचमा २०६२ सालमा १२ बुँदे गरेर देशको साँचो विदेशीको हातमा सुम्पियो । राजा महेन्दलाई माओ त्सेतुङले नै सहयोग गरेका थिए । बिडम्बना माओको नाममा बनेको पार्टीले चीनको विरुद्ध, माओको देशको विरुद्ध अमेरिकालाई देशमा ल्यायो । हो देश सङ्कटमा छ । तपाईहरूप्रति आशा छ । आवश्यक पर्दा बलिदान गर्न म पनि तपाईहरूको बिचमा आउनेछु ।
(२०८० भदौ ११ गते जमलस्थित राष्ट्रिय नाचघरमा नेकपाद्वारा आयोजित विचार गोष्ठीमा व्यक्त विचारको सम्पादित अंश, शिर्षक हामीले दिएका छौं– सम्पादक)

स्राेत: जनपत्रिका पाचौं अङ्क 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।