७ पुष २०८१, आईतवार

वर्तमान परिस्थिति र नेपाली विशेषताकाे समाजवाद विषयक अन्तरक्रिया विरगंजमा सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी पुर्वी नारायणी ब्यूरोकाे आयोजनामा वर्तमान परिस्थिति र नेपाली विशेषताकाे समाजवाद अन्तरक्रिया कार्यक्रम शनिबार विरगंजस्थित सिटी पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
पार्टीका ब्यूरो इन्चार्ज रक्तिम सीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि पार्टीका पोलिट ब्युरो सदस्य तथा स्कुलिङ विभाग प्रमुख भेषराज सी रहेका थिए ।

अतिथिहरूमा अखिल (क्रान्तिकारी) सचिवालय सदस्य तारा सी, युवा संगठन नेपाल नारायणी ब्युरो इन्चार्ज विवेक सी, नेकपा एकीकृत समाजमावादीका बालगाेपाल थापा, पूर्व प्रदेश संसद पस्मिना कादरी तथा बारा पर्सा राैतहटका जिल्ला इन्चार्ज सेक्रेटरी विनाेद सी, शिवसंकर सी, फिराेज सी, जिज्ञाशु सी, एन. बी. सी थिए । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि भेषराज सीले वर्तमान परिस्थिति तथा नेपालमा सुहाउँदो विशेषताकाे समाजवादी माेडेल हुनुपर्छ भनेर प्रस्ट पारेका थिए । उक्त अन्तरक्रियामा बाल गाेपाल थापा, पस्मिना कादरी, पत्रकार सुदर्शनराज पाण्डे, तारा सी र बारा, पर्सा, राैतहटका बुद्धिजीवी, सर्वसाधारण, किसान, कर्मचारी, मजदुरले,  टिप्पणीमुलक आफ्नाे धारणा राखेका थिए । भने बारा सेक्रेटरी जिज्ञाशु सीले गैरीखेत फाल्नु पर्छ भन्ने शिर्षकमा कविता वाचन गरेर कार्यक्रमलाई राेचक बनाएका थिए ।
वक्ता सबैले नेपाली विशेषताकाे समाजवाद सहि र यथार्थपरक रहेकाेमा जाेड दिएका थिए ।
चार सयकाे जनमानसकाे सहभागिता रहेको कार्यक्रममा बारा डि वानका सेक्रेटरी एन. बी. सीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन पर्सा इन्चार्ज विनोद सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।