७ पुष २०८१, आईतवार

दलाल पुँजीवादका कारण इजरायलमा निर्दोष नेपालीको ज्यान गयो : भृकुटी सी

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी सीले दलाल पुँजीवादी संसदीय व्यवस्थाका कारण इजरायलमा निर्दोष नेपालीले ज्यान गुमाउनु परेका बताएकी छन् । नेपाल कम्युनिस्ट पार्टी र संयुक्त जवसले इजरायलमा रहेका नेपालीको सुरक्षाको माग गर्दै आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

दलाल पुँजीवादी व्यवस्थाले नेपालमा रोजगारी सृजना नगरेको, भएका उद्योग धन्दाहरु बन्द गराएको, नयाँ उद्योग धन्दाहरु संचालन नगरेर नेपाली जनतालाई विदेशीन बाध्य पारेको भन्दै यसैका कारण निर्दोष नेपालीको ज्यान उनको भनाई थियो । ‘दलाल पुँजीवादी संसदीय व्यवस्थाको लाचारीपनका कारण नेपाली जनताले ज्यान गुमाउनु पर्यो ।’, प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो व्यवस्थामा हुने भनेको यस्तै हो, यो व्यवस्थाको विकल्पमा हामीले वैज्ञानिक समाजवाद स्थापना गर्र्नुपर्यो । दलाल संसदीय व्यवस्थाको विरुद्ध हुने संघर्षमा तपाईंहरु सहयोग गर्नुहास् । हामी यसको विकल्प दिन्छौं ।’

उनले इजरायलमा बढी महिलाहरु घरेलु कामदारका रुपमा काम गरिरहेको भन्दै उनीहरुको उद्धारका लागि जोडदार माग गरिन् । ‘प्रधानमन्त्रीले विज्ञप्ति निकालेर मात्र पुग्दैन, अलपत्र परेका नेपालीहरुको यथासिघ्र उद्धार गरेर सुरक्षित स्थानमा ल्याउनुपर्यो ।’, उनले भनिन्, ‘दलाल संसदीय व्यवस्थाका नाइकेहरुको लाचारीपनका कारण नेपालीले दुःख पाएका छन् । त्यहाँ रहेका नेपाली कामदार र विद्यार्थीको उद्धार हुनुपर्यो ।’

नेपालमा रोजगारी सृजना भएको भए इजरायलमा नेपालीको मृत्यु नहुने भन्दै बन्दीको रुपमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न जोडदार माग गरिन् । ‘नेपालमा रोजगारी सृजना गरेको भए नेपाली जनता मारिन पर्ने थिएन, बन्दक हुन पर्ने थिएन ।’, उनले भनिन्, ‘नेपालमा भएको जल, जमिन र जंगलको सदुपयोग गर्दै रोजगारी सृजना गर्न सकेमात्र नेपाली जनता सुरक्षित हुन्छन् । तर यो दलाल संसदीय व्यवस्थाबाट सम्भव छैन । यसका लागि नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ ।’

कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सीले अमेरिकी साम्राज्यवादका कारण इजरायलमा युद्ध सृजना भएको बताए । ‘इजरायलमा अमेरिकाले युद्धा लादेको हो । अमेरिकी जहाँ गयो त्यहाँ युद्धा हुने गरेको छ ।’, उनले भने, ‘इजरायल र प्यालेस्टाइनीबीचको युद्ध पनि अमेरिकाले सृजना गरेको हो । अमेरिका हतियार बेच्न युद्ध लाग्ने गरेको छ ।’

उनले इजरायलमा सर्वसाधारण जनताको ज्यान गएको भन्दै युद्ध रोक्नका लागि पहल गर्न सरकारसँग माग गरेका छन् । काठमाडौंको शान्तिवाटीमा आयोजित प्रदर्शनपछिको कोणसभालाई अलिल क्रान्तिकारीका महाससिचव ललित सीले संचालन गरेका थिए । प्रदर्शनमा इजरायलमा रहेका नेपालीहरुको सुरक्षा गरे, बढुदो महङ्गी नियन्त्रण गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद लगायतका नारा लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।