११ कार्तिक २०८१, आईतवार

नेकपाका प्रवक्ता प्रकाण्डको नाममा तीन बुँदे सहमति उल्लंघन गर्दै पक्राउ पुर्जी जारी

0

बाँके: नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड सीको नाममा तीन बुँदे सहमतिको उल्लंघन गर्दै जिल्ला अदातल बाँकेले पक्राउ पुर्जी जारी गरेको छ ।
सरकार र नेकपा बीच भएको तीन बुँदे सहमतिको विरुद्ध मात्र होइन नेपालको शान्ति प्रक्रियाका विरुद्ध समेत लक्षित हुने गरी प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरिएको हो ।
तीनदिन अघि प्रवक्ता प्रकाण्डको गृह जिल्ला कालिकोटको माल्कोट घरमा जिल्ला अदालत बाँकेबाट जारी गरिएको पक्राउ पुर्जी टाँस्न घर पुगेका कर्मचारीलाई टाँस्न नदिएर फर्काएको स्थानीय कार्यकर्ता अर्जुनले जानकारी दिएका छन् । पक्राउ पुर्जी २०७९ माघ २६ गते बाँके जिल्ला अदालतबाट जारी गरिएको छ ।
नेकपाका तत्कालिन केन्द्रीय सदस्य तथा हालका स्थायी समित सदस्य भरत सीलाई २०७६ साल वैसाख २५ गते बाँके प्रहरीले पक्राउ गरी लगाएको संगठित अपराधको मुद्धामा प्रवक्ता प्रकाण्डलाई पनि प्रतिवादी बनाएको छ । भरत सीलाई लगाएको मुद्धामा प्रवक्ता प्रकाण्डको समेत नाम जोडेर मुद्धा लगाइएको प्रहरीले बताएको छ ।
प्रतिबन्धको बेला प्रवक्ता प्रकाण्डलाई समेत नाम जोडेर लगाएको मुद्धा तीन बुँदे सहमतिको उल्लंघन गर्दै पुनःपक्राउ पुर्जी जारी गर्नु सरकारको बेइमानी र गलत नियत भएको नेकपाको ठहर छ ।
नेकपालाई केपी ओली नेतृत्वको सरकारले २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएपछि नेता भरत सी ०७६ को वैसाखमा पक्राउ परेका थिए । उनी पछि करिव दुई वर्ष पछि धरौटीमा रिहा भएका थिए । भरत सी र प्रकाण्डको नाममा लगाएको मुद्धा अझै चालु अवस्थामा छ । सरकारले फिर्ता लिने सहमति गरेपनि अदालतले न त फैसला नै गरेको छ न त फिर्ता नै लिएको छ ।
देशभर नेकपाले दलाल संसदीय व्यवस्थाले जनताको समस्या समाधान गर्न नसक्ने र राष्ट्रिय स्वाधीनताको रक्षा पनि गर्न नसक्ने कुरा उठाएको थियो ।
नेकपाले दलाल भ्रष्ट र करछलि गर्ने एनसेल कम्पनीलाई कार्वाही गरेपछि आत्तिएको केपी ओली र प्रचण्ड सहितको सरकारले नेकपामाथि प्रतिबन्ध गरेको लगाएको थियो ।
करिव दुईवर्ष पछि नेकपा र केपी ओली सरकार बीच भएको वार्ताले २०७७ साल फागुन २१ गते तीन बुँदे सहमति भई झुट्टा मुद्धा फिर्ता लिने र बन्दी नेता कार्यकर्ता रिहा गर्ने सहमति भएको थियो ।
तर मुद्धा पनि अझैसम्म फिर्ता भएका छैनन् । उल्टै समाजवादी मोर्चाका तीन घटक नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सरकारमा भएका वेला नेकपाका प्रवक्ता प्रकाण्ड विरुद्ध पक्राउ पुर्जी जारी गर्नु गम्भीर र आपत्तिजनक भएको नेकपाको बुझाई छ । यो प्रतिगामी तथा देशी विदेशीहरुको षड्यन्त्रमा भएको विश्लेषकहरुको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।