११ कार्तिक २०८१, आईतवार

दाङमा समाजवादी मोर्चा गठन, सबै पालिकामा मोर्चा गठन गर्ने, १७ गते घोराहीमा सन्देश सभा हुने

0

दाङ: समाजवादी मोर्चा नेपाल दाङले दाङका सबै पालिकाहरुमा कार्तिक १५ गतेसम्म पालिकास्तरको समाजवादी मोर्चा गठन गर्ने भएको छ । मोर्चाको शुक्रबार घोराहीमा बसेको बैठकले समावेशीतालाई ध्यान दिई अध्यक्षसहित दुई/दुई जना रहने गरी कार्तिक १५ गतेसम्म पालिकास्तरको मोर्चा गठन गर्ने निर्णय भएको हो ।
समाजवादी मोर्चा दाङका संयोजक एवं (माओवादी केन्द्र) दाङ जिल्ला संयोजक तुल्सीराम पुनमगरको अध्यक्षतामा शुक्रबार घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । मोर्चाको बैठकले समाजवादी मोर्चा जिल्ला समिति दाङ गठनको घोषणा तथा समिति गठन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै समाजवादी यात्रामा निरन्तर लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
समितिको नेतृत्व क्रमश: सबै घटक दलले गर्ने सहमति अनुसार हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दाङ जिल्ला संयोजक तुल्सीराम पुनमगरको संयोजकत्वमा दाङ जिल्ला समिति गठन गरिएको बैठक पछी जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जसको अन्य सदस्यहरुमा एकिकृत समाजवादी दाङका अध्यक्ष भुप बहादुर केसी, माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, नेपाल कम्युनिष्ट पार्टीका प्रदिप सी, विक्रम सी, माओवादी केन्द्रका राधिका परियार, जनता समाजवादी पार्टीका दाङ जिल्ला अध्यक्ष जगतराम यादव, नजिर अहमद सिद्धिकी, भरतराज चौधरी, एकिकृत समाजवादीका हरिकला बाँठा, गजेन्द्र बहादुर खड्का रहेका छन् । त्यसैगरी समाजवादी मोर्चाको दैनिक कामकाज संचालनका लागि ४ सदस्य सचिवालय समेत गठन गरिएको छ ।
जसमा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला सचिव विश्वराज आचार्य, नेकपाका प्रदिप सी, एकिकृत समाजवादीका हरिकला बाँठा र जसपाका नजिर अमहद सिद्धिकी रहेका छन् । मोर्चाले २०८० साल कार्तिक १७ गते घोराहीमा सन्देश सभा गर्ने तथा सम्पूर्ण काम कार्वाहीमा सहकार्य गर्ने निर्णय गरिएको बैठकपछि मोर्चाका दाङ जिल्ला संयोजक तुल्सीराम पुनमगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।