७ जेष्ठ २०८१, सोमबार

MCC को बोलपत्र रद्द, ५ वर्षमा काम सम्पन्न हुनेमा आशंका

0

काठमाडौँ: MCA नेपालका अधिकारीहरुले लागत अनुमान भन्दा ६६ प्रतिशत बढी प्रस्ताब गरेका निमार्ण व्यवसायीहरुसंग गरेको छलफल असफल भएपछि (बुधबार) असोज २४ गते पहिलो बोलपत्र आब्हान (ठेक्का प्रक्रिया) नै रद्द गरेको छ । MCA नेपालको कार्यालयले “बोलपत्रदाताहरुले लागत घटाउन नमानेपछि कसैगरे पनि परियोजना निर्धारित रकममा बनाउन नसकिने भइयो । त्यही भएर ठेक्का रद्द गर्ने प्रक्रिया सुरु गरेको हो” भनेको छ ।

MCC ले थप रकम दिन नसकिने बताएको र नेपाल सरकार अर्थमन्त्रालयले पनि थप रकम दिन अस्वीकार गरेपछि पहिलो बोलपत्र वा ठेक्का प्रक्रिया नै रद्द भएको हो ।

समग्र प्रक्रियाको समिक्षा,निमार्ण प्रावधान,डिजाइन स्पेशिकेशन र क्षेत्र (रुट) संशोधन गरेर अथवा पहिलो बोलपत्र रद्द हुनुको कारण र अब सफल हुने आधारमा सहमति गरेर नयाँ बोलपत्र आब्हान गर्न सकिने कानुनी व्यवस्था छ ।

अब फेब्रअरी २०२४ (२०८० (पुस–माघ) सम्ममा दोस्रो बोलपत्र आब्हान गर्ने MCA नेपालको योजना देखिन्छ । लागत घटाएर काम गर्ने र समयमा काम गर्ने दुई जोखिम पैदा भएका छन । तर निर्धातिर बजेट र समयमा काम सम्पन्न हुनेमा आशंका पैदा भएको छ । त्यसो भएमा कानुनी प्रश्न र जनविश्वासको सामना MCC ले गर्नु पर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।