२८ बैशाख २०८१, शुक्रबार

इटहरीमा अखिल (क्रान्तिकारी) को अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न

0

इटहरी: मोरङ र सुनसरी जिल्लाका अगुवा विद्यार्थी नेता तथा कार्यकर्ताहरुको सहभागितामा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम शुक्रवार इटहरीमा सम्पन्न भएको छ ।
अन्तरक्रियामा नेकपाका स्थायी समिति सदस्य अनिल सीको प्रमुख आतिथ्यता र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम् उत्तर मेची कोशी तथा कोशी व्युरो प्रमुख लजिजङ्ग बमको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मोरङ जिल्ला संयोजक भूवनेश्वर शाह, सुनसरी जिल्ला संयोजक हरि प्रसाद लिम्बु, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका इकाई अध्यक्ष विष्णु चौधरी, बेलवारी विराट चोक स्थिति सुकुवा बहुमुखी क्याम्पस अध्यक्ष सुजन भट्टराई, केन्द्रीय प्रविधि कम्याम्पस हात्तिसार अध्यक्ष हिमालय श्रेष्ठ लगायतका अगुवा विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य अनिल सीले देश भयानाक सङ्कटमा परेका कारण युवा विद्यार्थीहरुले अध्ययनसँगै देशको रक्षार्थ सङ्गठित भएर पहल लिन अपिल गरे ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।