१५ बैशाख २०८१, शनिबार

मोदीको दार्चुला भ्रमण साम्राज्यवादी, हस्तक्षेपकारी र अराजकतावादी रवैया हो : प्रकाण्ड

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुला जिल्लाको ब्यास क्षेत्रस्थित गुन्जी, नाभी र कुटीमा गरेको भ्रमण साम्राज्यवादी, हस्तक्षेपकारी र अराजकतावादी रवैया भएको बताएको छ ।
पार्टीका प्रवक्ता प्रकाण्ड सीले शुक्रबार विज्ञप्ति जारी गर्दैयस्तो बताएका हुन् ।
प्रवक्ता प्रकाण्ड सीद्वारा जारी विज्ञप्तिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुला जिल्लाको ब्यास क्षेत्र स्थित गुन्जी, नाभी र कुटीमा गरेको भ्रमणप्रति पार्टीको ध्यान गम्भिर रुपमा आकर्षित भएको जनाउदै अन्तराष्ट्रिय राजनैतिक र कुटनीतिको न्युनतम मान्यता विपरित गरिएको भ्रमणको पार्टी घोर निन्दा एवं भर्त्सना गरिएको छ ।
प्रवक्ता प्रकाण्ड सीद्वारा जारी विज्ञप्तिमा एउटा सार्वभौम र स्वाधिन देशको कुनै पनि भू-भागको भ्रमण गर्दा तत्‌ देशको सरकारलाई सूचनासम्म नदिनु प्रधानमन्त्री नरेन्द्र मोदीको साम्राज्यवादी, हस्तक्षेपकारी र अराजकतावादी रवैया भएको उल्लेख गर्दै मोदीको यस हर्कतको राष्ट्रवादी नेपाली जनताले सशक्त विरोध र प्रतिवाद गर्न विशेष अपिल गरिएको छ ।

यसैगरी विज्ञप्तिमा भारतीय साम्राज्यवादी शासकको प्रतिनिधि नरेन्द्र मोदीको यो डरलाग्दो गतिविधिको मुकदर्शक भएर बस्ने नेपाल सरकारको निरिहता र लाचारिपनको कडा विरोध गर्दै अन्तराष्ट्रिय आधारभुत मान्यताको खिलापमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अक्षम्य गल्तीलाई सार्वजानिक रुपमा सच्याई नेपाल राष्ट्रको सार्वभौमिकता र स्वाधिनताको उच्च सम्मान गर्न लगाउन नेपाल सरकारसँग पार्टी जोडदार माग गरिएको छ।

विज्ञप्तिकाे पूरा पाठ–
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुला जिल्लाको ब्यास क्षेत्र स्थित गुन्जी, नाभी र कुटीमा गरेको भ्रमणप्रति हाम्रो पार्टीको ध्यान गम्भिर रुपमा आकर्षित भएको छ । अन्तराष्ट्रिय राजनैतिक र कुटनितिको निम्नतम मान्यता विपरित गरिएको भ्रमणको पार्टी घोर निन्दा एवं भर्त्सना गर्देछ ।
एउटा सार्वभौम र स्वाधिन देशको कुनै पनि भ्‌-भागको भ्रमण गर्दा तत्‌ देशको सरकारलाई सुचनासम्म नदिनु प्रधानमन्त्री नरेन्द्र मोदीको साम्राज्यवादी, हस्तक्षेपकारी र अराजकतावादी रवैया हो । मोदीको यस हर्कतको राष्ट्रवादी नेपाली जनताले सशक्त विरोध र प्रतिवाद गर्न हाम्रो पार्टी विशेष अपिल गर्दछ । भारतीय साम्राज्यवादी शासकको प्रतिनिधि नरेन्द्र मोदीको यो डरलाग्दो गतिविधिको मुकदर्शक भएर बस्ने नेपाल सरकारको निरिहता र लाचारिपनको हाम्रो पार्टी कडा विरोध गर्दछ ।
अन्तराष्ट्रिय आधारभुत मान्यताको खिलापमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अक्षम्य गल्तीलाई सार्वजानिक रुपमा सच्याई नेपाल राष्ट्रको सार्वभौमिकता र स्वधिनताको उच्च सम्मान गर्न लगाउन नेपाल सरकारसँग पार्टी जोडदार माग गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।