२८ बैशाख २०८१, शुक्रबार

एमसीसीमार्फत देश अमेरिकाको जिम्मामा छोडिएको छ : हिरालाल धामी

0

महत्वपूर्ण विषयमा मेहनत गरेर राम्रो कार्यपत्र बनाएको छ । हामी कसरी परनिर्भर बन्न गयौं ? भन्ने विषय पनि कार्यपत्रमा छ । निकास कसरी त ? भन्ने विषय पनि कार्यपत्रमा छ । देशभक्तिको भावना जोगाउनु भएकोमा धन्यवाद छ । यो कसरी राष्ट्रघाती छ ? भन्ने विषय पनि कार्यपत्रमा छ । एमसीसीले जहाँजहाँ विद्युत लाईन र सड्क बनाउछ, त्यो भ–ूभाग एमसीसी मार्फत अमेरिकाको स्वामित्वमा गएको छ । एमसीसीको विषयमा नेपालस सरकारले प्रश्न सोध्न पनि पाउने छैन । एमसीसीका विदेशी कर्मचारीहरुको मनोमानी हुन्छ । त्यसैले एमसीसी राष्ट्रघाती छ ।
नेपालमा काम गर्ने परियोजना नेपालको कानून भन्दा माथि  वा स्वतन्त्र हुनुहुदैनथ्यो । आय–व्यायको फरफारक उसैले गर्नेछ । अमेरिकाको कानून अनुसार चल्छ । नेपालको २५ प्रतिशत लगानी भएको एमसीसीमा सम्पूर्ण अधिकार अमेरिकाको रहेको छ । अमेरिकाको स्वार्थको लागि आएको हो । हाम्रो आवश्यकताले आएको होइन । सार्वजनिक खरिद ऐन लागु नहुने,भन्सार जाँच तथा करतिर्नु नपर्ने भएपछि  हतियार लागु औषधि जे ल्याउन पनि सक्ने हुन्छ ।
युरेनियम र प्राकृतिक श्रोतमा अमेरिकाले आँखा लगाएको छ । पाँच सात वर्षमा चीन विश्वशक्ति बन्ने तरखरमा छ । उसलाई घेराबन्दी गर्न र एमसीसीको नाममा अमेरिका आएको छ । अमेरिकी सेना आयो भने नेपाल रणभूमी बन्नेछ । तसर्थ एमसीसी खारेज हुनुपर्छ । २७५ जना सांसद मध्य राजमो, नेमकिपा र भिम रावल मात्रै विपक्षमा उभिए । सिक्किमको संसदले देश बेचेको थियो । हामी झस्किएका छौँ ।
(अध्यक्ष राजमो रुपन्देही धामीले २०८० असोज २० गते नेकपाद्वारा भैरहवामा आयोजित तथा अनिल सीद्वारा प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्ने क्रममा अवधी भाषामा व्यक्त धारणाको सम्पादीत अंश अनुवादक, अनिल सी–सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।