महत्वपूर्ण विषयमा मेहनत गरेर राम्रो कार्यपत्र बनाएको छ । हामी कसरी परनिर्भर बन्न गयौं ? भन्ने विषय पनि कार्यपत्रमा छ । निकास कसरी त ? भन्ने विषय पनि कार्यपत्रमा छ । देशभक्तिको भावना जोगाउनु भएकोमा धन्यवाद छ । यो कसरी राष्ट्रघाती छ ? भन्ने विषय पनि कार्यपत्रमा छ । एमसीसीले जहाँजहाँ विद्युत लाईन र सड्क बनाउछ, त्यो भ–ूभाग एमसीसी मार्फत अमेरिकाको स्वामित्वमा गएको छ । एमसीसीको विषयमा नेपालस सरकारले प्रश्न सोध्न पनि पाउने छैन । एमसीसीका विदेशी कर्मचारीहरुको मनोमानी हुन्छ । त्यसैले एमसीसी राष्ट्रघाती छ ।
नेपालमा काम गर्ने परियोजना नेपालको कानून भन्दा माथि वा स्वतन्त्र हुनुहुदैनथ्यो । आय–व्यायको फरफारक उसैले गर्नेछ । अमेरिकाको कानून अनुसार चल्छ । नेपालको २५ प्रतिशत लगानी भएको एमसीसीमा सम्पूर्ण अधिकार अमेरिकाको रहेको छ । अमेरिकाको स्वार्थको लागि आएको हो । हाम्रो आवश्यकताले आएको होइन । सार्वजनिक खरिद ऐन लागु नहुने,भन्सार जाँच तथा करतिर्नु नपर्ने भएपछि हतियार लागु औषधि जे ल्याउन पनि सक्ने हुन्छ ।
युरेनियम र प्राकृतिक श्रोतमा अमेरिकाले आँखा लगाएको छ । पाँच सात वर्षमा चीन विश्वशक्ति बन्ने तरखरमा छ । उसलाई घेराबन्दी गर्न र एमसीसीको नाममा अमेरिका आएको छ । अमेरिकी सेना आयो भने नेपाल रणभूमी बन्नेछ । तसर्थ एमसीसी खारेज हुनुपर्छ । २७५ जना सांसद मध्य राजमो, नेमकिपा र भिम रावल मात्रै विपक्षमा उभिए । सिक्किमको संसदले देश बेचेको थियो । हामी झस्किएका छौँ ।
(अध्यक्ष राजमो रुपन्देही धामीले २०८० असोज २० गते नेकपाद्वारा भैरहवामा आयोजित तथा अनिल सीद्वारा प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्ने क्रममा अवधी भाषामा व्यक्त धारणाको सम्पादीत अंश अनुवादक, अनिल सी–सम्पादक)
प्रतिक्रिया दिनुहोस्