दलाल पुँजीपति वर्गले देशलाई कब्जा गरेपछि एमसीसी आएको छ । एमसीसी हाम्रो हितमा छैन । कानूनी प्रक्रिया किन मिचियो ? एमसीसीका दस्तावेज झलनाथ खनाल सुझाव आयोजलाई किन दिएन ? यो आईपिएसको अंग भएकाले नै त्यसो गरेको हो । त्यसैले यो राष्ट्रघाती छ । हामी कमजोर विभाजित भएका कारण विदेशीको खेल मैदान भएको हो । कार्यपत्रमा श्रम र कच्चा पदार्थ आफ्नै देशमा प्रयोग गर्नुपर्छ भनेको छ । त्यसो गर्न नसक्दा नै समस्या आएको छ । राष्ट्रियता भनेको राष्ट्रिय पहिचान पनि हो । एमसीसीलाई बहिष्कार गरौै । आर्थिक अवस्था सङकटग्रस्त छ ।
(नेकपा (बामदेव) गुप्ताले अवधी भाषामा २०८० असोज २० गते नेकपाद्धारा भैरहवामा आयोजित विचार गोष्ठिमा व्यक्त विचारको सम्पादीत अंश,अनुवाद –अनिल सी)
प्रतिक्रिया दिनुहोस्