२५ पुष २०८१, बिहीबार

जोसँग जे छ त्यही बोकेर एमसीसीका विरुद्ध उठ्नुपर्छ : बाबुलाल यादव

0

विद्धान कार्यपत्र प्रस्तोताले नेपाली भाषामा धेरै विषय राख्नु भएको छ । अवधी भाषी श्रोत धेरै भएका कारण म अबधी भाषामै बोल्छु । देशमा चौतर्फि अराजकता छ । धरान,सर्लाही र नेपालगञ्जमा भएका योजनावद्ध जनता लडाउने घटनाले राम्रो सङकेत गर्दैनन् । आर्थिक अवस्था अस्तब्यस्त छ । नेपाल विगत कसैको दास भएको थिएन । आज चीन र भारत अन्तरिक्ष दौडमा छन । तर उनीहरु दास हुदाँ पनि स्वतन्त्र रहेको नेपालमा अराजकता छ र भोकमरी छ । राजावादी,यथास्थितिवादी र प्रगतिशील सबै शक्तिको प्रतिनिधित्व रहेको संसदले खिचडी संंविधान बनायो । यसले काम गर्नै सकेको छैन । त्यसैले अराजकता पैदा भएको छ ।
नेपाललाई तिव्वती,भुटानी र भारतीय बनाएर बेचिएको छ । विकृतिको पराकाष्टा छ । देश माथि लुटपाट भएको छ । जनता अन्यौलग्रस्त र निरास छन । अब के हुन्छ ? त्रास नै त्रास छ । हाम्रो समस्यामा,गरिवीमा खेलेर विदेशीले हामीलाई हेपेका छन । चेपेका छन । विधुत भारतमा बेचेर विदेशीको मुद्रा आर्जन गर्ने लोभ देखाईएको छ । नेपालमा अमेरिकी सेना आएर संयुक्त सैन्य अभ्यास गरेका छन । हाम्रो जमिन किनेका छन । हवाई अड्डामा उनीहरुको झोला जाँच भएन । जाँच अड्डा जाँच्न र कर लिन पाइन्न ।  एमसीसीको नाममा आएको पैसा कहाँ के काममा खर्च भएको छ ? जाँचवुझ गर्न सरकारी संयन्त्रले पाउदैन । मनमानी खर्च गर्न सक्छ । अमेरिकाले पाईला टेक्न पायो भने के गर्छ ? सबैलाई थाहा नै छ ।
हामी आर्थिक रुपमा कमजोर छौ । तर कसैको दास भएका छैनौ । हामीले गोर्खा फौज भएर उनीहरुको रक्षा गर्यौ । शान्ति सेना भएर सुरक्षा दिइरहेका छौँ । तर आज हामी अपमानित छौ । एमसेलले ६२ अर्ब करतिरेन । कार्वाही गर्नुपर्नेमा अदालतले आधा मिनाह गरिदियो । नेताका छोरा छोरी श्रीमती सबै अमेरिकामा बस्छन । गगन थापाले अमेरिकी सेना आयो भने मुण्डन गरेर थानकोट कटाउनु भन्थ्यो । तिनीहरुको मुख बन्द भएको छ । ओलीले सभामुख कृष्णबहादुर महराले  असहयोग गरेर पारित गर्न सकिएन भन्थे । एमसीसी पारित गर्नु पर्यो भने सदनमा झुण्डिएर मर्छु भन्ने सभामुख अग्नि साप्कोटा झुण्डिए– नझुण्डिएको थाहा भएन । नाराणकाजी एमसीसी पारित भयो भने पार्टी छोड्छु भन्थे । एमसीसी पारित गरेको उपहार स्वरुप गृहमन्त्री पाएका छन कि ! आज उनीहरुको मुख बन्द छ ।


आज देश भयावह परिस्थितिबाट ग्रुजिरहेको छ । देश रहे सबै जाति रहन्छौँ । देश रहेन भने कुनै जाति पनि रहन्नौ । त्यसैले एमसीसीको विरुद्ध जसको हातमा जे छ त्यही लिएर उठ्नुपर्छ । एमसीसीको कर्मचारी जुन गाउँमा पुग्छ त्यहीबाट लखेट्नु पर्छ । त्यसको संरचनाहरु भत्काउनु पर्छ । हामी दास भएर होइन सम्मानपूर्वक बाँच्नुपर्छ । एमसीसी प्राणघातक अर्बुद्धरोग हो । देशमा राणा शासन फाल्ने,राज फाल्ने जनता हो । जनताले नै देश बचाउछ । हामीले देश बचाउनु पर्छ ।
(यादब नेकपा(एस) का केन्द्रीय सदस्य हुन् । उनले २०८० साल असोज २० गते नेकपाद्धारा भैरहवामा आयोजित तथा नेकपाका स्थायी समिति सदस्य अनिल सीद्धारा प्रस्तुत एमसीसी परियोजना र राष्टिय स्वाधीनताको प्रश्न विषयक कार्यपत्र माथि टिप्पणीको क्रममा प्रस्तुत धारणाको सम्पादीत अंश, अनुवादक अनिल सी –सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।