२५ पुष २०८१, बिहीबार

उपत्यका ब्युरो अन्तरगतका सबै जिल्लामा प्रशिक्षण सम्पन्न

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी, उपत्यका व्युरोले उपत्यकाका पाँच ठाउँमा एकै पटक एमसीसी परियोजनाबारे प्रशिक्षण सम्पन्न गरेकाे छ । अमेरिकी सहयोग परियोजना एमसीसीका आयोजनाहरूको ठेक्का सम्झौता रद्द भइरहेको बेलामा नेकपा उपत्यका व्युरोले पार्टी जिल्ला कमिटी सदस्यहरूलाई प्रशिक्षित गरेकाे हाे ।

काठमाडौंकाे जाेरपाटी, कपुरधारा, सतुङ्गल, ललितपुर र भक्तपुरमा एकै समयमा प्रशिक्षण कार्यक्रम भएका हुन् । काठमाडौं जिल्ला नम्बर ४ र ५ को प्रशिक्षणमा व्युरो इन्चार्ज कृति सीको उपस्थिति रहेकाे थियाे । काठमाडौंको जोरपाटीमा सुरु भएको प्रशिक्षणमा एमसीसी प्रभावित क्षेत्र लप्सीफेदीका जनता तथा त्यस क्षेत्रका पार्टी कार्यकर्ताको बाग्लो उपस्थिति रहेको थियाे ।

त्यस्तै, जिल्ला नम्बर १, २ र सम्पर्क जिल्लाको संयुक्त प्रशिक्षण व्युरो पार्टी कार्यालय कपुरधारामा सम्पन्न भएकाे छ । उक्त प्रशिक्षणमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला नम्बर १ की इन्चार्ज भृकुटी सीले प्रशिक्षित गरेकी थिइन् । उक्त प्रशिक्षणमा ५० जनाभन्दा बढी जिल्ला सदस्यहरूकाे उपस्थिति रहेको थियो ।

भक्तपुरको जिल्लाकाे प्रशिक्षण कार्यक्रममा जिल्ला इन्चार्ज अखिल सीले एमसीसी परियोजना र यसले नेपाललाई पार्ने असरका बारेमा प्रशिक्षण दिएका थिए । ललितपुर र काठमाडौं जिल्ला नम्बर ६ को संयुक्त प्रशिक्षण ललितपुर जिल्लामा सम्पन्न भएकाे छ । ललितपुर इन्चार्ज विपिन सीको प्रमुख आतिथ्यता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै जिल्ला नम्बर ३ को प्रशिक्षण कार्यक्रम सतुङ्गलमा सम्पन्न भएकाे छ । उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि जिल्ला इन्चार्ज डिआर सी रहेका थिए । उनले एमसीसी परियोजनालाई कुनै पनि हालतमा कार्यान्वयन गर्न नदिने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।