३ आश्विन २०८१, बिहीबार

उपत्यका ब्युरो, जवस र पुर्वी ताम्सालिङबाट संकलित ७५ लाख बराबरको राहत सामग्री महासचिव विप्लवलाई हस्तान्तरण

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको राहत अभियान अन्तर्गत संकलित राहत पार्टी महासचिव विप्लवमार्फत जाजरकोट र रुकुम पठाउने तयारी गरिएको छ । बुधबार दिउँसो नेकपा उपत्यका ब्युरोले रुकुम पश्चिम र जाजरकोटका भुकम्प प्रभावितका लागि ३२ लाख बराबरको संकलित राहत पत्रकार सम्मेलन गरी महासचिव विप्लवमार्फत पठाउने जनाएको थियोे ।


यस्तै नेकपा पुर्वी ताम्सालिङ, अखिल (क्रान्तिकारी, गणतान्त्रिक खेलकुद महासंघ, उद्योग व्यापार संगठन लगायतका क्षेत्रबाट संकलित राहत सामग्री महासचिव विप्लवमार्फत भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पठाउन हस्तान्तरण गरिएको हो ।


राहतमा उपत्यका ब्यूरो माफर्त कपडा ठुलो बोरा १३ थान, जुत्ता ठूलो बोरा २ थान, म्याटिस ३ रोल र २५ मिटर, कपडा सानो ४ बोरा, औषधी ६ कार्टुन २ वटा व्यान्डेज कपास, त्रिपाल १०० पिस, कम्बर १५० पिस, कपडा सानो झोला १४ प्याक, जेब्रा झोलामा, कपडा ४ वटा प्याक , बच्चाको ज्याकेट १४ पिस, १०० पिस हुड जाकेट , ६० पिस टाउजर रहेको छ भने राष्ट्रिय उद्योग व्यापार वाणिज्य महासंघबाट ९९ पिस सुईटर रहेको छ ।

यस्तै नेपाल गणतान्त्रीक खेलकुद महासंघबाट नगद रु.१०,००० (दशहजार ) रहेको छ भने अखिल (क्रान्तिकारी) बाट नगद रु. एक लाख (१,००,०००।),
ज्याकेट १०० पिस प्याड १०० पिस, डाइपर ८५ वटा,थप कपडा २ झोला रहेको छ ।

यस्तै अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिबाट कम्ब्बल ४० पिस, ३ बोरा कपडा छ । पूर्वी ताम्सालिङ्ग ब्यूरो काभ्रेबाट
व्याल्याङकेट ५ थान, कपडाहरु कुर्ता सुरुवाल १९७ थान, टिसर्ट ३२३ थान, पाईन्ट ८९ थान, सारी १४ थान, बच्चाको कपडा २७२ थान, जुत्ता, मोजा र चप्पल ४५, व्याग १६ थान, ज्याकेट ५९७ थान, तन्ना १० थान, टाउजर ५५ थान, टोपी १० थान रहेको छ ।


गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाइ गएको विनाशकारी भुकम्पको क्षती पश्चात पार्टीको उपलब्ध स्थायी समिति सदस्य तथा केन्द्रिय सदस्यहरुको आपतकालीन संयुक्त बैठकको निर्णय अनुसार देशैभरका जिल्ला ब्युरो पार्टीहरुलाई पिडितको राहत तथा उद्धार कार्यमा जुट्न निर्देशन दिएको थियो । सोही निर्णय अनुसार पार्टीका विभिन्न ब्युरो,जिल्ला र जवस मोर्चाहरुले अभियानमार्फत राहत संकलन गरेका थिए । भुकम्प पीडितहरुका लागि देशैभरिका जनतार उद्योगी, व्यापारीहरुले सकारात्मक ढंगले सहयोग गरिरहेको नेकपाले बताएको छ ।


यस अगाडि पार्टीले आफ्नै उत्पादन मार्फत २५ क्विन्टल चामल र १ लाख रुपैया सहयोग सरकारी राहत कोषमा जम्मा समेत गरेको थियोे ।
पार्टीको विभिन्न ब्युरो तथा जवसले संकलन गरेको सम्पूर्ण जिन्सी पार्टी महासचिव विप्लवलाई हस्तान्तरण गर्ने र उक्त राहत लिएर विप्लव जाजरकोट जाने अन्तिम तयारी भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।