३ आश्विन २०८१, बिहीबार

नेकपा बाँकेले भूकम्प पीडितका लागि संकलन गरेको राहत जाजरकोट पठायो

0

बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि संकलन गरिएको राहत सामग्री आज जाजरकोट पठाएको छ ।

नेकपा दक्षिण बाँके र नेकपा उत्तर बाँके जिल्लाले भूकम्प पीडितका लागि संकलन गरेको राहत जाजरकोट पठाएका हुन ।

नेकपा दक्षिण बाँके जिल्ला इन्चार्ज शेखर सीले दिएको जानकारी अनुसार दक्षिण बाँकेबाट चामल १५ बोरा,त्रिपाल ३५ थान,विभिन्न लगाउने कपडा ठुलो १ बोरा जाजरकोट पठाईएको छ ।

यस्तै उत्तर बाँके जिल्लाले पनि जिल्लामा संकलन गरिएको राहत सामग्री आजै जाजरकोट पठाएको छ । जिल्ला इन्चार्ज रणदिप सीका अनुसार १९ बोरा चामल,११ प्याकेट नुन,२ बोरा चिउरा र १४ हजार नगद आजै जाजरकोट पठाईएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।