३ आश्विन २०८१, बिहीबार

नेकपा सेती ब्युरो र युवा संगठनले भूकम्प प्रभावित जिल्लामा पठायो ५५ हजार नगदसहित राहत सामाग्री

0

कञ्चनपुर: जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरो समिती तथा युवा संगठन पश्चिम कमाण्डले राहत सामाग्री पठाएको छ । नेकपा र युवा संगठनले सहयोगीदाताबाट कैलाली जिल्लाबाट संकलन गरेको राहत बिहीबार भूकम्प प्रभावित जिल्लामा पठाएको नेकपा केन्द्रिय सदस्य प्रकाश सीले बताए ।

नेकपा केन्द्रीय सदस्यद्वय प्रकाश सी र दिनेश सीको नेतृत्वमा सामान पठाइएको नेकपाले जनाएको छ ।

राहत सामाग्रीमा लत्ता- कपडा, ब्लाङ्केट, खाद्यान्नसहित नगद रकम पठाइएको उनले बताए । नेता प्रकाशका अनुसार करिब २ लाख २० हजार बराबरको सामान र नगद ५५ हजार रकम दिएको छ ।

यसरी नेपाल कम्युनिस्ट पार्टीले देशैभरि राहत संकलन गरी भूकम्प प्रभावित जिल्ला जाजरकाेट र रुकुम पश्चिममा राहत सामाग्री पठाएको छ । साथै नेकपा केन्द्रीय समितिले पनि उत्पादन गरेको २५ क्विन्टल चामल , १ लाख नगदसहित अन्य राहत सामाग्री, स्वास्थ्यकर्मी पठाई सकेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।