३ आश्विन २०८१, बिहीबार

नेकपाको राहत अभियानमा युरोप र भारतबाट उपलब्ध ३ लाख महासचिव विप्लवलाई हस्तान्तरण

0

काठमाडौं: गत कार्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले पीडित भएका जाजरकोट र रुकुम पश्चिम जिल्लाका भुकम्पपिडितको राहत तथा उद्वारका लागि नेकपाले सञ्चालन गरेको राहत अभियानमा युरोप तथा भारतमा भएका नेपालीहरुबाट समेत सहयोग प्राप्त भएको छ । नेकपा निकट नेपाली जनप्रगतिशिल मोर्चा युरोपबाट प्राप्त २ लाख रुपैयाँ पार्टी महासचिव विप्लवलाई हस्तान्तरण गरिएको छ । पार्टीका अन्तर्राष्ट्रिय विभागका इन्चार्ज तथा प्रवक्ता प्रकाण्डले युरोपबाट प्राप्त २ लाख रुपैयाँ महासचिव विप्लवलाई हस्तान्तरण गर्नु भएको हो । युरोपमा रहनु भएका पार्टी केन्द्रीय सदस्य तथा युरोप इन्चार्ज बिष्णु सीले उक्त रकम भुकम्प पीडितका लागि सञ्चालित पार्टीको अभियानमा युरोपमा संकलन गरि पठाउनु भएको हो । यस्तै नेपाल कम्युनिस्ट पार्टी निकट प्रवासी नेपाली जनसमाज भारतका विभिन्न नेता कार्यकर्ताबाट संकलित १ लाख ५ हजार ५ सय ९२ रुपैयाँ समेत अन्तर्राष्ट्रिय विभागमार्फत महासचिवलाई हस्तान्तरण गरिएको छ ।
भुकम्पपछि नेपाली जनप्रगतिशिल मोर्चाले युरोपमा वक्तव्य निकाली सहयोगको अपिल समेत गरेका थिए ।
मोर्चाका अध्यक्ष बदन योङ्हाङ् र महासचिव प्रदिप अधिकारीले भुकम्प प्रभावित क्षेत्रका जनताको राहतका लागि आह्वान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।