३१ भाद्र २०८१, सोमबार

भूकम्प पीडितलाई नेकपा महाकाली ब्युरोले पठायो ५ लाख बराबरको राहत सामाग्री

0

कञ्चनपुर: जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि नेपाल कम्युनिस्ट पार्टी महाकाली ब्युरो समितिले राहत सामग्री पठाएको छ  । नेकपाले सहयोगीदाताबाट कञ्चनपुरसहित विभिन्न जिल्लाबाट संकलन गरेको राहत बिहीबार भूकम्प प्रभावित जिल्लामा पठाएको नेकपा महाकाली ब्युरो इन्चार्ज समर सीले बताए ।

राहत सामग्रीमा लत्ता- कपडा, ब्लाङ्केट, खाद्यान्न , भाँडाकुँडासहित नगद रकम पठाइएको उनले बताए । नेता समरका अनुसार करिब ५ लाख बराबरको सामान र नगद २० हजार रकम पठाइएको छ ।

साथै नेकपा केन्द्रीय समितिले पनि उत्पादन गरेको २५ क्विन्टल चामल , १ लाख नगदसहित अन्य राहत सामाग्री, स्वास्थ्यकर्मी पठाई सकेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।