३ आश्विन २०८१, बिहीबार

झापामा २३ कर्मचारी सेवा अवरुद्ध पारी भारत भ्रमणमा लागेपछि नेकपाको कार्वाही गर्ने चेतावनी

0

झापा । नेपाल कम्युनिस्ट पार्टीले झापा गाउँपालिकाले झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया सहित २३ जना कर्मचारी सेवा अवरुद्ध पारी भारत भ्रमणमा गएपछि कार्वाही गर्ने चेतावनी दिएको छ ।

नेकपा झापा गाउँपालिका इन्चार्ज कुमार सीले आज एक प्रेश विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका हुन । नेकपाले जारी विज्ञप्ति मार्फत प्रमुम प्रशासकीय अधिकृत सहित विभिन्न वडाका वडा सचिव सहितको टोली सेवा अवरुद्ध पारी भारत भ्रमणमा गएपछि आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै सम्वन्धि निकायलाई कार्वाही गर्न माग गरेको छ । नेकपाले यदि सम्वन्धि निकायले कार्वाही नगरे जनकार्वाही गर्ने चेतावनी दिएको छ ।

जनतालाई विभिन्न सेवाबाट बञ्चित गराउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित अधिकांश कर्मचारीहरु कात्तिक १६ गतेदेखि सेवा अवरुद्ध हुनेगरी भारत भ्रमणमा गएका छन ।

अहिले गाउँपालिकाको कार्यालय सम्म सेवा लिन पुगेका अधिकांश सेवाग्राहीहरु रित्तै फर्किनुपरेको छ । गाउँपालिकाको लेखाशाखामा तालाबन्दी छ भने श्रम स्विकृतीको काम समेत भएको छैन ।

व्यापक रुपमा जनगुनासो र असन्तुष्टि व्यक्त भएपछि नेकपाले पालिकाका कर्मचारीहरुको हर्कतलाई गम्भीर अराजकता र गैरजिम्मेवारी ठहर गर्दै पार्टीले यस कार्यमा संलग्न प्रमुख प्रशासकीय अधिकृत सहितको टिम र एकैपटक सबैलाई छुट्टी प्रदान गर्ने गाउपालिका कार्यवाहक अध्यक्ष समेतलाई कारबाही गर्न माग गरेको छ ।

जारी विज्ञप्तिको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।