४ आश्विन २०८१, शुक्रबार

देशको संकटको निकास नेकपाले मात्रै दिन सक्छःसुमनसिंह

0

झापा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सुमनसिंहले देशको संकटको निकास नेपाल कम्युनिष्ट पार्टीले मात्र दिन सक्ने बताएका छन ।

नेकपा झापाले आयोजना गरेको पालिका स्तरिया राजनीतिक बैचारिक प्रशिक्षण कार्याक्रमलाई आज सम्वोधन गर्दै केन्द्रीय सदस्य सुमनसिंहले यस्तोे बताएका हुन ।

मेची व्यूरो इन्चार्ज समेत रहेका सुमनसिंहले देशको निकास दिन र राष्ट्रियता जोगाउन नेकपा मात्र सक्षम पार्टी रहेको दाबी गरे । उनले सबै पार्टी सदस्यहरु देशको जिम्मा लिन उच्च मनोबलका साथ तयार हुनुपर्ने बताए ।

नेता सुमनले देशको मुहार फेर्ने पार्टी नेकपा मात्रै भएको ठोकुवा गर्दै जनता तिर नेताकार्यकर्ताहरु डटेर अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पुर्व झापा इन्चार्ज प्रशान्त सी, ट्रेड युनियन महासंघका मेची ब्युरो इन्चार्ज चमनलाल सी, पश्चिम झापा इन्चार्ज सञ्जय सी, झापा जिल्लाका अग्रज नेताहरू खेम सी र देवि सीको उपस्थिती रहेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।