३ आश्विन २०८१, बिहीबार

नेकपा पूर्वी नारायणी ब्युरोद्धारा राहत संकलन गरिदै

0

बारा । नेपाल कम्युनिष्ट पार्टी पूर्वी नारायणीय व्यूरोद्धारा भूकम्प पीडितका लागि राहत संकलन सुरु गरिएको छ ।

वुधवार मात्र कलैयामा संकलन गरिएको राहत १६ हजार ५ सय पुगेको पूर्वी नारायणीय व्यूरो इन्चार्ज नरेश सीेले जानकारी दिएका छन ।
जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु बनाएर गत सुक्रवार गएको भूकम्पले ठुलो जनधनको क्षति भएको थियो ।

भूकम्पमा परी विचल्लि बनेका पीडितहरुलाई राहत प्रदान गर्न नेकपाको केन्द्रीय निर्देशन अनुसार नेकपा पूर्वी नारायणीय व्यूरोले पनि राहत संकलन गरेको हो ।

संकलन गरिएको राहत नेकपाले केन्द्रीय कार्यालय मार्फत भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा वितरण गरिने नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।