३ आश्विन २०८१, बिहीबार

नेकपा पश्चिम र पुर्वी कपिलवस्तुले भुकम्प पीडितका लागि पठाए राहत सामाग्री

0

कपिलवस्तु : नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि संकलन गरिएको राहत सामग्री बिहीबार जाजरकोट पठाएको छ ।
नेकपा पश्चिम कपिलवस्तु  र पुर्वी कपिलवस्तु जिल्लाले भूकम्प पीडितका लागि संकलन गरेको राहत जाजरकोट पठाएका छन् ।


नेकपा पुर्वी कपिलवस्तु जिल्ला इन्चार्ज सुनिल सीले दिएको जानकारी अनुसार पुर्वी कपिलवस्तु जिल्लाबाट चामल १२ कुन्टल, लत्ताकपडा चार बोरा, एक कार्टुन
भुजा, चिउरा १० के जि, चाउचाउ दुई पेटी,
बिस्कुट ३ दर्जन जम्मा १००००० एक लाख बराबरको राहत सामान बिहीबार गाडीमा लोड गरि पठाएको जानकारी पुर्वी कपिलवस्तु जिल्ला इन्चार्ज सुनिल सीले जानकारी गराए ।
यसैगरी पश्चिम कपिलवस्तु  जिल्लाले पनि जिल्लामा संकलन गरिएको राहत सामग्री बिहीबार नै जाजरकोट पठाएको छ । जिल्ला सचिव पावेल सीका  अनुसार
१. नगद  एक लाख
२. चामल १० क्विन्टल
३.  त्रिपाल ६१ थान
४. आटाको पिठो २५ केजि
५. खाने तेल १० लिटर
६. चिनी ५ केजि
७. नुन १० केजि
८. चियापत्ती १/२ केजि
९. लेडिज ज्याकेट ३ थान
पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।