जनवरी १९५३ मा म पाँचौं पटक नेपाल गएँ । त्यसदिन नेपाली कविहरू र साहित्यकारहरूको गोष्ठिमा एकजना सहृदयी कविले जब मलाई स्वागत गर्दै ‘विदेशी अतिथि’ भन्ने शब्द प्रयोग गरे, तब मेरो हृदयमा अकस्मात सियोले घोचेझैं भयो । नेपाल स्वतन्त्र देश हो । उसको स्वतन्त्र राष्ट्रिय एकाई छ । जसको कारण राजनीतिक रुपले नेपाललाई म भारत अन्तर्गत भारतको एउटा प्रदेश मान्दिन । परन्तु कैयौं यस्ता कारण छन् जसको कारण म नेपाललाई विदेश मान्न सक्दिन । उता हिमाञ्चलका वरपुत्र हाम्रा पन्त छन् । जसका अर्का सुपुत्र महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन् । यो कसरी हुन सक्छ कि पन्तलाई म हाम्रो भनौं र देवकोटालाई विदेशी ? यसपटकको यात्रामा देवकोटाको प्राप्ति मेरो लागि एउटा नयाँ उपलब्धि थियो । नेपाली साहित्यका आदिकवि भानुभक्त सन् १८१४मा जन्मे र सन् १८६९मा उनको मृत्यु भयो । नेपाली कविता साहित्यको आरम्भ त्यसप्रकारले १९औं शताब्दीको मध्यमा भयो । हिन्दी कविताले १६औं शताब्दीबाट २०औं शताब्दीको मध्यसम्म जुन अवस्थाहरूबाट गुज्रनुप¥यो, नेपाली कवितालाई हाम्रो चार शताब्दीहरूको शिखरमा एकै शताब्दीमा पूरा गर्नुप¥यो । यद्यपि यो हतारोको कारण उसलाई अपरिपक्व ठान्नु हुँदैन । यसको एउटा प्रमाण महाकवि देवकोटा हुन् । जसमा हामी हाम्रो हिन्दीका पन्त–प्रसाद–निराला (सुमित्रानन्दन पन्त–जयशंकरप्रसाद–सूर्यकान्त त्रिपाठी निराला)लाईसमेत पूर्ण रुपमा पाउने होइन कि बरु उनमा एकातिर यदि हामी ‘प्रियप्रवास’का कवि ‘हरि औध’लाई विकसित स्वरुपमा देख्छौं । अर्कोतिर एकजना अर्का महाकविलाई पाउँछौं । जो अझसम्म हिन्दीमा जन्मेका छैनन् ।
देवकोटा जनताको सरल र प्रचलित भाषामा ‘मुना–मदन’ र ‘कुञ्जिनी’का महान् गायक हुन् । एकातिर हामी कवितामा हामी देख्छौं–
समय सुन्दर सान्ध्य सुवर्णको ।
मदनमन्दिरमा वन पर्णको ।।
जलनिनाद लिंदी ललितांशुका ।
तल झरिन् पृथिवीतिर मेनका ।।
–शाकुन्तला, ३ ÷२६
अथवा,
यात्री आज बनूँ अतित युगका, सम्झूँ त त्यो भारत ।
ब्यूँझाऊँ त सुषुप्त भाव अघिका, पर्दा लगाऊँ यता ।।
यो कोलाहल बिर्सिऊँ, मृतकको यो नामको जीवन ।
पाल्नोस् सज्जनवृन्द, यो रसिकको मीठो छ वन्दावन ।।
–शाकुन्तला ३÷९
जहाँ एकातिर उनका कवितामा हामी संस्कृत भाषाको बाहुल्यता देख्दछौं । त्यही कविको आफ्नो प्रिय काव्य ‘मुना–मदन’मा ग्रामीण झ्याउरे गीतमा हामी विचित्र सरल, कोमल र सुबोध्य भाषा पाउँछौं ः
पृथिवीतिर नहेर मुना ! म पनि आउँछु,
आँखामा आँसु लिएर चिनो, म भेट्न आउँछु
प्रेमको हीरा छुटेको तल, म लिई आउँछु,
कसरी खायो आगोले दिदी ! कमलको शरीर ?
कसरी खायो निठुरी भई कमलको शरीर ?
म कहाँ पाऊँ, ती मुनालाई छातीमा लगाऊँ ?
खरानी तिन्को मलाई द्यौन, छातीमा लगाऊँ !
हे मेरी आमा ! हे मेरी मुना ! म यहाँ बस्दिन !
म यहाँ अब बस्दिनँ आमा ! म यहाँ बस्दिनँ !
‘हे मेरा भाइ ! ती तिम्री मुना मरेकी छैनन् ती,
ज्योतिको स्वरुप लिएर गइन् बगैंचा वसन्ती,
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती,
पर्दाले ढाक्यो, पर्दाले छेक्यो, हे दिदी ! मलाई !
म रुने छैनँ ! गएर भोली भेटुँला तिन्लाई !
हे दैव पर्दा चाँडै नै उठा ! धन्य छ तँलाई !
–मुना–मदन
वाल्मिकी करुण रसका कवि थिए । ‘रघुवंश’को अलाप–विलापलाई हेरेर कालिदासलाई करुण रसका कवि मान्न सकिन्छ । त्यसैप्रकारले देवकोटा पनि खासगरी करुण रसका महाकवि हुन् । अर्कोतिर प्राचीन सजातीय कविहरूका वैयक्तिक जीवनको विषयमा हामीलाई थाहा छैन, त्यसैले हामी भन्न सक्दैनौं कि उनको जीवनको प्रभाव उनका कवितामा कत्तिको प¥यो । परन्तु देवकोटाको जीवन त बाल्यकालदेखि नै दुःखी र सङ्घर्षपूर्ण रहेको थियो । प्रौढ अवस्थामा एकपछि अर्को गरेर उनले तीन सुपुत्र गुमाउनु प¥यो । यस्तो अवस्थामा उनको विषयमा कसैले लेख्छ– दुःखले विदीर्ण हृदय लिएर पनि उनी अनुहारमा जबरजस्ती हाँसोको रेखा देखाउन चाहन्थे, तर त्यो कुनै आश्चर्य होइन ।
अतित जीवनका कुनै दिनमा भएका भीषण दुःखान्त घटनापश्चात् एकप्रकारको वेदना उनमा पैदा भयो । जुन जति–जति उनको उमेर बढ्दै गयो, उत्ति नै बढ्दै गयो । उनलाई पहिलो पटक देख्ने जो कसैले पनि सजिलै त्यो कुराको लख काट्न सक्छ कि उनी कुनै अतितको वेदनाले छटपटिइरहेका छन् । चुरोट उनको निरन्तरको साथी छ । भावना, अनवरत साथी र वेदना जीवनको वरदानजस्तै भएका छन् उनको लागि ।
८८८
देवकोटा नेपालका पन्त–प्रसाद–निराला तीनै हुन् । यसमा मैले कुनै अतिशक्ति व्यक्त गरेको छैन । देवकोटामा एउटा अर्को गुण पनि थियो– निरालामा भएको गुण पनि विद्यमान छ । यद्यपि धेरै होइन । निरालालाई राँची लग्ने कुरा गर्दा धेरै पटक रिसाएका थिए । परन्तु घरकाले विछिप्त सम्झेर राँची लैजाने कुरा गर्दा उनले थोरै पनि आपत्ति गरेनन् । त्यसपछि राँचीको मानसिक अस्पतालमा केही दिन बसेर फर्किए ।
(समाजशास्त्री जनकलाल शर्माद्वारा लिखित ‘महाकवि देवकोटा एक व्यक्तित्व, दुई रचना’ नामक कृतिमा रहेको हिन्दी भाषी भारतीय विद्वानद्वारा लिखित तथा ‘आजकल’ हिन्दी भाषाको दैनिक अखबारमा मई १९५३मा प्रकाशित लेखांश साभार प्रकाशित गरिएको छ । २०३२ सालमा साझा प्रकाशनद्वारा प्रकाशित उपर्युक्त लेखांशको अनुवाद अनिल शर्माले गरेका हुन् । – सम्पादक)
‘आजकल’ देवकोटाको हातमा
राहुल साङ्कृत्यायन
(सन् १८९३–१९६३, भारत)