११ श्रावण २०८१, शनिबार

जनघोष

0

                    युद्धप्रसाद मिश्र                                                        (वि. सं. १९६४–२०४७)

 

हाम्ले आज यो अमानवी दमन यो बिर्सेर के पाउने
बाँचेको छ परम्परा रगतको सट्टा रगत नै लिने
खाई घातक मार दुर्दमनका पीडा सहन्नौं अब
खप्नुसम्म खप्यौं दुरापद ठूला हेरी रहन्नौं अब ।
आगो आज उठिसक्यो झुपडीमा बन्दै गई उन्मना
हाम्रो के अब झुक्न सक्छ र यहाँ विज्ञानवादी फना
उठाउँदैछन् हँसिया, हलो र खुकुरी, खुर्पी, खुँडा र बञ्चरा
उठ्दैछन् नवचेतना सजग भै आत्मा भएका दरा ।
पथ्र्यो के जनमुक्तिको विजय श्री अध्यात्मदेखि तल
टथ्र्यो के बदला नलिकन त्यसै हाम्रो रगतको भल
दिन्छौं पारी सखाप नै प्रतिक्रियावादीहरूको हठ
उम्लेको छ असह्य भै हृदयको हाम्रो व्यथा उत्कट ।
धर्तीमा सुखशान्तिका किरणले छोइदिने लक्ष्यका
हामी न्याय उचाल्न वीरगतिको बाटो लिने पक्षका
पीडाग्रस्त बनी गई शरणमा पर्दै ठूलाका मुनि
सच्चाइसित थर्रथर्र डरले नामर्दको के जुनी ?


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।