४ आश्विन २०८१, शुक्रबार

सल्यान दार्माका भुकम्प प्रभावित बस्तीमा विप्लव, प्रकाण्डद्वारा राहत हस्तान्तरण

0

सल्यान: नेकपाका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी आइतबार राति सल्यानको भुकम्प प्रभावित बस्ती दार्माको ढाकाडाम पुग्नु भएको छ । पार्टीले सञ्चालन गरेको राहत अभियान अन्तर्गतको सामग्री हस्तान्तरण गर्न महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड दार्मा पुग्नु भएको थियोे ।


दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीलाई राहत हस्तान्तरण गर्दै जनताको समस्यामा स्थानीय पार्टी संग सहकार्य गरेर अगाडि बढ्न निर्देशन दिनु भएको थियोे ।
दार्मा गाउँपालिका वडा ५ ढाकाडामको वडा कार्यलयमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव विप्लवले जनताको अफ्ट्यारो सिङो देश एकजुट भएर लाग्न सबैलाई आग्रह गर्नु भएको छ ।
महासचिव विप्लवले सरकार र सरोकारवाला निकायलाई यो बिपत्तिबाट माथि उठ्न सबै पक्ष एकजुट हुन अपिल समेत गर्नु भएको थियोे ।
कार्यक्रममा नेकपाका पिविएम असल सीले सल्यानका भुकम्पपिडितलाई राज्यको प्रभावकारी भुमिका नखेलेको बताउनुभएको छ । राज्य विहिनता जस्तो बन्यो,यस्तो जटिलता समेत केन्द्रीय सरकार अनुपस्थित रहेको जिकिर गर्नु भएको थियोे ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले पार्टीको सहयोग र सहकार्यलाई आभार व्यक्त गर्नुभएको थियोे ।अध्यक्ष केसीले सल्यानमा केन्द्रीय सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिनु भएको थियोे ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवम् ब्युरो ईन्चार्ज सविन सी,केन्द्रीय सदस्य अडिग सी,दाङ जिल्ला ईन्चार्ज प्रदिप सी लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रमको सञ्चालन नेकपा जिल्ला सेक्रेटरी मदन सीले गर्नु भएको थियोे ।


नेकपाले सल्यानमा झण्डै १५ लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ केन्द्रीय सदस्य सवीन सीले बताउनुभएको छ ।
सल्यानको कार्यक्रम पछि महासचिव विप्लव दाङमा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।