४ आश्विन २०८१, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी जनताको आँखाको नानी होः हिमशिखर सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हिमशिखर सीले नेपाल कम्युनिष्ट पार्टी नेपाली श्रमजीवी जनताको आँखाको नानी भएको बताएका छन ।

नेकपा मध्यकर्णाली व्यूरोले कालिकोटको मान्ममा बुधवार आयोजना गरेको जनसभामा बोल्दै केन्द्रीय सदस्य हिमशिखरले यस्तो कुरा बताएका हुन ।

उनले नेपालमा जति क्रान्ति भएपनि श्रमजीवी जनताको वास्तविक सत्ता अझै प्राप्त नभएको जिकिर गरे । उनले श्रमजीवी जनताको एकमात्र पार्टी विप्लव नेतृत्वको नेकपा भएको भन्दै श्रमजीवी वर्गको समाजवादी सत्ता स्थापना गरेर छोडेने प्रतिवद्धता व्यक्त गरे ।

नेता हिमशिखरले देश आर्थिक,राजनीतिक,सामाजिक,साँस्कृति तथा राष्ट्रिय स्वाधीनतको विषयमा निकै संकटमा परेको बताए । उनले देशको संकटको समाधान दलाल संसदीय पूँजीवादी व्यवस्थाले नभएर समाजवादी व्यवस्थाले दिने बताए । कार्यक्रममा उनले जनकलाकर भएकाले जनवादी गीत समेत गाएका थिए ।

उनले कालिकोटे जनताको क्रान्तिकारी सपना कुनै पार्टीले पुरा गर्न नसक्ने ठोकुवा गर्दै त्यो सपना नेकपाले मात्र पुरा गर्ने विश्वास दिलाए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।