४ आश्विन २०८१, शुक्रबार

दलाल व्यवस्थालाई फालेर सहिदहरुको सपना पुरागरी छाड्नेछौः राजकुमारी सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकुमारी सीले दलाल व्यवस्थाको अन्त्य गरेर सहिदले देखेको समाजवादी व्यवस्थाको सपना पुरा गरेर छाड्ने प्रतिबद्धता जनाएकी छन ।

नेकपा मध्यकर्णाली व्यूरोले कालिकोटको मान्ममा बुधवार आयोजना गरेको जनसभामा मन्तव्य राख्दै केन्द्रीय सदस्य राजकुमारीले यस्तो प्रतिबद्धता जनाएकी हुन ।

उनले कालिकोटको माटोबाट करिब ५सय नेता कार्यकर्ताको रगत बगेको भन्दै सहिदहरुको सपना कुनै पनि मुल्यमा पुरा गर्ने प्रतिवद्धता जनाईन ।

उनले अहिले पनि यो राज्यले जनता माथी उत्पीडन गरेको भन्दै यो दलाल व्यवस्थाबाट कसैको मुक्ति सम्भव नहुने ठोकुवा गरिनन् । नेतृ राजनकुमारीले सहिदको सपना पुरा गर्न फेरी पनि कालिकोटे जनता एकजुट भएर समाजवादी व्यवस्था प्राप्तिको संघर्षमा लाग्न आब्हान गरिन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।