४ आश्विन २०८१, शुक्रबार

दलाल व्यवस्थाले युवा विहिन देश बनायोः दिनेश सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता दिनेश सीले दलाल व्यवस्थाले युवा विहिन देश बनाएको बताएका छन ।

नेकपा मध्यकर्णाली व्यूरोले बुधवार मान्ममा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै युवा नेता दिनेशले यस्तो कुरा बताएका हुन । उनले २५ बर्ष भन्दा माथिको युवालाई सरकारले नै विदेशतिर विक्री गरेको आरोप लगाए ।

युवा नेता दिनेशले नेपालमा अब दलाल व्यवस्था हटाएर समाजवादी व्यवस्थाको स्थापना गरी युवाहरुलाई स्वदेशमै रोजगारीको बातावरण सृजना गर्नु पर्ने बताए । उनले भारतबाट आउने विषादीयुक्त स्याउहरु रोकेर जुम्ला कालिकोटमा स्याउहरु उत्पादन गर्नु पर्ने र बजारको व्यवस्था गर्नुपर्नेकुरामा जोड दिए ।

उनले युवा संगठन नेपाल देशको हित र विकासको लागि माओवादी केन्द्रको वाईसियल, एमालेको युथ फोर्स लगायतका सम्पूर्ण राष्ट्रप्रेमी युवाहरुसंग हातेमालो गर्न तयार भएको बताए ।

उनले भने ‘हाम्रो देशलाई भ्रष्टाचारी र दलालहरुको हातबाट देश जोगाउनको लागि देशको बिकास रक्षाको निम्ति युवा संगठन नेपाल युवाहरुको अग्रिम भूमिका निर्वाह गर्ने छ ।’

उनले दुर्गा प्रसाईको गतिविधिप्रति चुनौती दिदै मानिस मरिसकेपछि जलाएको लासलाई जिउँदो बनाउँछु भन्नु र दुर्गाप्रसाइले राजा ल्याउछु भन्नु एउटै कुरा भएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।