४ आश्विन २०८१, शुक्रबार

रोल्पा उवाको जनभेटघाटपछि महासचिव विप्लव फुन्टीवाङ हुँदै थवाङ पुग्दै

0

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी रोल्पाका विभिन्न गाउँको भेटघाट गर्दै उवा पुगेका छन् । रोल्पाको सुलिचौरमा अगुवा भेटघाट कार्यक्रमपछि महासचिव विप्लव उवा पुगेका हुन् ।
उवामा स्थानीय जनता र अगुवा कार्यकर्ता भेटघाटपछि पुराना कम्युनिस्ट नेता किताब बहादुर घर्ती साहसको घरमा बास बसेका छन् ।
महासचिव विप्लव लगायतको टिमलाई उवामा स्वागत समेत गरिएको थियोे ।
उवापछि रणनीतिक प्रत्याक्रमणको महत्त्वपूर्ण बैठक बसेको फुन्टिवाङ हुँदै खेरबाङ आई स्थानीयसँग भेटघाट गरेका छन् । खेरबाङमा पार्टीका अगुवा नेता विप्लवको घरमा भेटघाट गरि महासचिव विप्लव लगायतको टिम थवाङ पुग्दैछन् ।

शुक्रबार रोल्पाको थवाङमा आयोजित पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्वोधन गर्न रोल्पा जाने क्रममा महासचिव विप्लवले पार्टी र स्थानीयसँग भेटघाट गरेका छन् भने रोल्पाली जनताले भव्य स्वागत गरेका छन् ।


मङ्सिर ८ गते रोल्पाको थवाङमा पार्टी पूर्नगठन दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्न महासचिव विप्लव, स्थायी समिति सदस्य विषम सी, अनिल सी लगायतका नेताहरू थवाङ आइपुग्न लागेको पार्टी केन्द्रीय सदस्य सविन सीले बताए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।