४ आश्विन २०८१, शुक्रबार

थवाङमा महासचिव विप्लवलाई भव्य स्वागत, पार्टी स्थापना दिवसका अवसरमा थवाङ झकिझकाउ

0

थवाङ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी लगायतका नेतृत्वलाई रोल्पाको थवाङमा भव्य स्वागत गरिएको छ । शुक्रबार रोल्पाको थवाङमा आयोजित पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्वोधन गर्न थवाङ पुगेका विप्लवलाई थवाङका स्थानीयले भव्य गाजाबाजासहित स्वागत गरेका हुन् ।
जनयुद्धको केन्द्रको रुपमा स्थापित रोल्पाको थवाङ जाने क्रममा विप्लवले रोल्पाका विभिन्न ठाउँमा अगुवा कार्यकर्ता तथा जनता भेटघाट गर्दै थवाङ पुगेका हुन् ।


पार्टी पूर्नगठन दिवसको अवसरमा जनयुद्धको केन्द्र थवाङ झकिझकाउ बनाइएको छ । ठाउँठाउँमा स्वागतद्वार बनाइएको छ । थवाङका जनताले महासचिव विप्लवलाई फुलमालाले स्वागत गरेका थिए । मङ्सिर ८ गते रोल्पाको थवाङमा पार्टी पूर्नगठन दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्न महासचिव विप्लव, स्थायी समिति सदस्य विषम सी, अनिल सी, पिविएम आदर्श सी, असल सी लगायतका नेताहरू थवाङ पुगेका हुन् ।


शुक्रबार दिउँसो १२ बजे थवाङ ठुलो गाउँमा पार्टीको बृहत् जनसभा आयोजनाको तयारी सकिएको पार्टी केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।