४ आश्विन २०८१, शुक्रबार

समाजबाद ल्याउने क्रान्तिकारी आन्दोलनमा निर्धक्क भएर लागौंः प्रकाण्ड सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले वैज्ञानिक समाजवाद ल्याउने क्रान्तिकारी आन्दोलनमा निर्धक्क भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन ।

जनसभाका लागि कालिकोट पुगेका प्रवक्ता प्रकाण्डले आज विहान जिल्लाका नेता तथा कार्यकर्तासंगको भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै वैज्ञानिक समाजवाद प्राप्तिको जारी एकीकृत जनक्रान्तिको आन्दोलनमा निर्धक्क भएर लाग्न निर्देशन गरेका हुन ।

उनले देशको अवस्था संकटग्रस्त भएको भन्दै देश र जनतालाई बचाउन नेपाल कम्युनिष्ट पार्टी र यसका नेता तथा कार्यकर्ताले जिम्मेवारपूर्वक लाग्नु पर्ने बताए ।

उनले अहिलेको अवस्थालाई बोधगराउन मानिसको सबैभन्दा पहिला दिमाग सक्रिय पार्नु पर्ने र त्यसपछि शरीर सक्रिय हुने बताए ।
उनले कालिकोट जिल्लाले हरेक आन्दोलनमा सक्रिय भएर अग्रिम भूमिका निर्बाह गर्दै आएको उल्लेख गर्दै फेरी पनि अहिलेको आवश्यकता पुरा गर्न लाग्नुपर्ने बताए ।

उनले समाजवादको सपना पूरा गर्नको निम्ति नेकपाका हरेक कार्यकर्ता तथा नेताहरुले आफु ढुक्क भएर आत्माबल उच्च बनाई लाग्न निर्देशन दिए ।

सो अवसरमा विराट सी,विवेक सी,हिमशिखर सी, दिनेश सी,समग्र सी लगायतका पार्टीका केन्द्रीय नेताहरुको पनि उपस्थिति रहेको थियो ।
नेकपा कालिकोट जिल्ला इन्चार्ज बलवान सीको अध्यक्षता तथा संचालनमा भेटघाट कार्यक्रम भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।