४ आश्विन २०८१, शुक्रबार

युवा संगठन नेपाल कालिकोटको अनौपचारिक बैठक सम्पन्न

0

कालिकोट । युवा संगठन नेपाल कालिकोटको संयुक्त अनौपचारिक बैठक मान्ममा सम्पन्न भएको छ ।

बैठकलाई युवा संगठन नेपालका केन्द्रीय निवर्तमान उपाध्यक्ष दिनेश सीले सम्वोधन गर्दै युवाहरु सबै भन्दा सक्रिय भएर काममा लाग्न निर्देशन दिए ।
नेता दिनेशले लुटतन्त्र मचाउनेहरुका विरुद्ध युवाहरु आन्दोलित हुनुपर्ने बताए । संगठनले बठैकबाट कर्णाली राजमार्गमा भइरहेको अनियमिति,चर्को भाडादर लगायतका समस्याका विरुद्ध संघर्ष गर्ने निर्णय पनि गरेको छ ।

युवा संगठन नेपालका मध्यकर्णाली व्यूरो इन्चार्ज मिनेस सीले सन्चालन गरेको बैठकमा जिल्ला स्तरका सदस्य तथा व्यूरो स्तरका केही सदस्यहरुको पनि सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।