४ आश्विन २०८१, शुक्रबार

नेकपा सुर्खेत र बाँकेद्धारा कम्युनिष्ट आन्दोलनका पाका नेतालाई सम्मान

0

बाँके । नेपाल कम्युनिष्ट पार्टी सुर्खेत र नेपाल कम्युनिष्ट पार्टी बाँकेले पार्टी पूनर्गठनको १० औं बार्षिकोत्सवका अबसरमा कम्युनिष्ट आन्दालेनका पाका नेताहरुलाई आज सम्मान गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले पार्टी कार्यालय वीरेन्द्रनगरम सम्मान कार्यक्रमको आयोजना गरी पुराना ईमानदार तथा पाका कम्युनिस्ट आन्दोलनका नेताहरुलाई सम्मान गरेको हो । नेकपा सुर्खेत जिल्ला इन्चार्ज धु्रव सीले अमर वहादुर थापा र कर्ण परियारलाई दोसल्लाह ओढाएर सम्मान पत्र हस्तान्तरण गरी सम्मान गरेका हुन ।

सम्मानपछि नेकपाका सुर्खेत जिल्ला इन्चार्ज ध्रुवले कम्युनिष्ट विचारबाट कोही पनि विचलित हुन नहुने बताए । उनले नेपाली कम्युनिस्टहरुले नयाँ बिचार र सिद्धान्तको बिकास गर्न नसकेकाले कम्युनिष्ट आन्दोलनमा समस्या आएको स्वीकार गरे । उनले अब कम्युनिष्टहरुको उद्देश्य समाजवादमा मात्र पुरा हुने र त्यसको लागि नेकपाले मात्र पुरा गर्ने धारणा राखे । उनले नेपालका सबै माओवादी र कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने आवश्यकता भएको पनि बताए ।

सम्मानीत हुने कम्युनिस्ट पाका नेता ६० वर्षिय अमर बहादुर थापाले नेपालमा कम्युनिस्ट धुव्रीकरण नभएकै कारणले देश र नेपाली जनताले दुख पाउनुपरेको बताए ।

उनले नेपालका सबै कम्युनिस्टहरु एक भएर देश जनताको रक्षा गर्नु आजको आवश्यकता रहेको पनि बताए ।
कार्यक्रममा कर्ण परियारले पञ्चायती ब्यवस्था देखिनै आफू कम्युनिस्ट धारमा रहेको कारणले विभिन्न प्रकारको दुख पाउनु परेको बताए ।
उनले अब देशको नेतृत्व विप्लवले मात्रै गर्न सक्ने भएकाले एमाले परित्याग गरि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा लागेको समेत बताए ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी बाँकेले पनि पुराना तथा इमान्दार कम्युनिष्ट आन्दोलनका एक जना पाका नेता दशरथ शर्मा पराजुलीलाई सम्मान गरेको छ ।

नेकपा उत्तर बाँके जिल्ला इन्चार्ज रणदिप सी र दक्षिण बाँके जिल्ला इन्चार्ज शेखर सीले नेपालगंजमा आयोजना गरिएको सम्मान कार्यक्रममा पाका कम्युनिष्ट नेता पराजुलीलाई दोसल्लाह ओढाएर सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन ।

सो अवसरमा विशेष अतिथिको रुपममा कम्युनिष्ट आन्दोलनका पाका नेता नरेन्द्रजङ्ग पिटरको पनि उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रममा दुवै जिल्लाका सचिव तथा जिल्ला पार्टीका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम उत्तर बाँके जिल्लाका सचिव कल्पना सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।