४ आश्विन २०८१, शुक्रबार

नेकपा भक्तपुरले गर्यो थाहा आन्दोलनका सेक्रेटरी विष्टलाई सम्मान

0

भक्तपुर – नेपाल कम्युनिस्ट पार्टी, जिल्ला समिति भक्तपुरले पुराना कम्युनिस्ट नेता नवीन विष्टलाई सम्मान गरेको छ । १० औं पार्टी पुनर्गठन दिवसको अवसरमा पुराना कम्युनिस्ट नेतालाई सम्मान गरेको हो ।

बिहीबार भक्तपुरको कौशलटारस्थित पार्टी जिल्ला कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पुराना कम्युनिस्ट नेता नवीन विष्टलाई सम्मान गरिएको हो । नेकपा केन्द्रीय सदस्य अखिल सी, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव कुशल सीले दोसल्ला  ओढाएर सम्मान गरेका हुन् ।

२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका विष्ट रुपलालले नेतृत्व गरेका थाहा आन्दोलनका सेक्रेटरी भुमिका निर्वाह गरिसकेका पुराना कम्युनिस्ट नेता हुन्नु हुन्छ । हाल नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएका नेता विष्ट उपत्यका ब्युरो अन्तरगतका स्वास्थ्य विभागका प्रमुख हुनु हुन्छ ।
भक्तपुरको सिरुटारमा जन्मिएका विष्ट अहिले पनि उतिकै उर्जाका साथ आन्दोलनमा निरन्तर लागि रहनु भएको छ । सम्मानपछि विष्टले नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारीहरु निरन्तर परिर्वतनको पक्षमा लागिरहनु पर्ने र लागिरहन सल्लाह दिएका थिए । साथै उनले पछिल्लो समयमा जनयुद्ध लगाएतका आन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा बढेको भन्दै क्रान्तिकारीहरु चनाखो बन्नु पर्ने धाराण राखे ।

नेकपाले पार्टी स्थापना दिवसको अवसरमा साताव्यापी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सोही अवसरमा बिहीबार पुराना कम्युनिस्ट नेताहरुलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा जिल्ला सेक्रेटरी रत्न सी, लगाएत जिल्ला पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।