४ आश्विन २०८१, शुक्रबार

काठमाडौं जिल्ला नम्बर १ ले गर्यो पुराना कम्युनिस्ट नेतालाई सम्मान

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला नम्बर १ ले पुराना कम्युनिस्ट नेताहरुलाई सम्मान गरेको छ । १०औं पार्टी पुनर्गठन दिवसको अवसरमा बिहीबार दुई जना पुराना कम्युनिस्ट नेताहरुलाई सम्मान गरेको हो ।

बिहीबार काठमाडौंको रानीवारीस्थित पार्टी व्युरो कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पुराना कम्युनिस्ट नेता प्रशुराम घिमिरेलाई सम्मान गरिएको हो । नेकपा पोलिटब्युरो सदस्य माइला सीले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

२०३६ सालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध भएका उनी नेकपा काठमाडौं जिल्ला समितिका सल्लाहकारसमेत छन् । सम्मान पछि उनले नेपाल कम्युनिस्ट पार्टीलाई क्रान्तिमा निरन्तर लागिरहन सल्लाह दिएका थिए । साथै उनले समाजवादी मोर्चामा आवद्ध भएकोमा बधाई दिदै संसोधनवादमा लिएर सिध्याउन षड्यन्त्रसमेत हुने भएकाले सचेत रहन आग्रहसमेत गरे ।

त्यस्तै, काठमाडौंको बसपार्कमा आयोजिक अर्को कार्यक्रममा पुराना कम्युनिस्ट नेता बेदुराम भूसाललाई समेत सम्मान गरिएको छ । उनी नेकपा काठमाडौं जिल्ला समितिका सल्लाहकारसमेत हुन् । उनलाई पनि माइला सीले दोसल्ला ओडाएर सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट पार्टीहरु क्रान्तिबाट भाग्ने पुरानो रोग जिवित भएको बताउँदै त्यसबाट जोगिन नेतृत्वलाई सल्लाह दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका माइला सीले सम्मान गर्नुको औचित्यबारे प्रस्त पारेका थिए । नेकपाले पार्टी स्थापना दिवसको अवसरमा साताव्यापी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सोही अवसरमा बिहीबार पुराना कम्युनिस्ट नेताहरुलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा माइला सीसहित नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ इन्चार्ज भृकुटी सी, जिल्ला सेक्रेटरी दीपक सी, नेकपा प्रतिनिधि समिति सदस्य गोपाल सी तथा युवा संगठन नेपाल, उपत्यका व्युरो संयोजक अनिल सीको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।