४ आश्विन २०८१, शुक्रबार

नेकपा काठमाडौं ३ नम्वर जिल्लाद्धारा पाका कम्युनिष्ट नेता बैद्यलाई सम्मान

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी काठमाडौं ३ नम्वर जिल्लाले एकजना पाका कम्युनिष्ट नेतालाई आज सम्मान गरेको छ ।

काठमाडौमा आयोजना गरिएको सम्मान कार्यक्रममा उपत्यका व्यूरो इन्चार्ज कृति सीले पाका कम्युनिष्ट नेता झपेन्द्रराज बैद्यलाई सम्मान गरेका हुन ।

उनले वैद्यलाई दोसल्लाह ओढाएर सम्मानपत्र हस्तान्तरण गरी सम्मान गरेका थिए । सम्मानपछि व्यूरो इन्चार्ज कृतिले नेपाली कम्युनिष्ट आन्दोलनमा झपेन्द्रको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै अझै पनि क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका रहने बताए ।

नेता कृतिले नेकपा विभाजन भएर पूनर्गठन नभएको भए नेपालमा क्रान्तिकारी विचार सहितको पार्टी सकिने अवस्था आउने थियो भने ।
सम्मानीत हुने पाका तथा कम्युनिष्ट नेता वैद्यले नेपाली जनताको चाहाना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मात्र पुरा गर्न सक्ने बताए ।

उनले नेपालमा दलाल संसदीय व्यवस्था फेल भइसकेको ठोकुवा गर्दै समाजवाद अनिवार्य भएको तर्क गरे । कम्युनिष्ट आन्दोलनमा पुर्याउको योगदानको पार्टीले कदर गर्दै सम्मान गरेकोमा उनले पार्टीलाई धन्यवाद समेत दिए ।

पाका कम्युनिष्ट नेता वैद्यले सो अवसरमा नेकपाको कपिलवस्तुको शिवगढीमा रहेको पुस्तकालयको लागि केही थान किताव पनि हस्तान्तरण गरे । सम्मान कार्यक्रममा ३ नम्वर जिल्ला काठमाडौंका इन्चार्ज डिआर सी,दिव्य सी लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।