२५ पुष २०८१, बिहीबार

नेकपा ललितपुरद्धारा ३ जना पाका कम्युनिष्ट नेतालाई सम्मान

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ललितपुर जिल्लाले ३ जना पुराना कम्युनिष्ट आन्दोलनका पाका नेतालाई सम्मान गरेको छ ।

नेपाल कम्युुनिष्ट पार्टीको १० औं पार्टी पूनर्गठन दिवसका अवसरमा आज ललितपुरमा उनीहरुको निवासमै पुगेर सम्मान कार्यक्रममको आयोजना गरी ३ जना पुराना कम्युनिष्ट आन्दोलनका पाका नेतालाई नेकपाले सम्मान गरेको हो ।

सम्मानीत हुनेहरुमा पाका कम्युनिष्ट नेता सिद्धिलाल सिंह, कम्युनिष्ट पार्टी स्थापनाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यका भाई हरिबहादुर कर्माचार्य र चन्द्रमान श्रेष्ठ रहेका छन । उनीहरु तीनै जनालाई नेकपा ललितपुरका जिल्ला इन्चार्ज विपिन सीले दोसल्लाह ओढाएर सम्मानपत्र हस्तान्तरण गरी सम्मान गरेका थिए ।

सिद्धिलाल सिंह माले कालमा पाटनबाट उदाएका स्थापित नेता हुन् । माले–एमाले धारामा उनको राष्ट्रवादी छवि अहिले पनि सबैले सम्झने गर्दछ्न् । अर्का नेता हरिबहादुर कर्माचार्य नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यका भाइ हुन । उनले एकता– केन्द्र हुँदै नेकपा(माओवादी )मा आवद्ध भएर महत्वपूर्ण भूमिका खेलेका छन ।

अर्का चन्द्रमान श्रेष्ठ ३६ सालदेखि कम्युनिस्ट पार्टीमा आवद्ध हुँदै कम्युनिष्ट आन्दोलनमा योगदान दिएका छन । उनी हाल विप्लव सीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको ललितपुर जिल्ला सल्लाहकारको भूमिकामा रही पार्टी र क्रान्तिमा योगदान दिईरहेका छन ।

सम्मान पछि नेकपाका केन्द्रीय सदस्य एवम् ललितपुर जिल्ला इन्चार्ज विपिन सीले कम्युनिस्ट आन्दोलनको वृद्धि÷ विकासमा खेलेको भूमिका प्रेरणादायी भएको बताए ।
उनले पुराना पाका नेताहरु सिङ्गो कम्युनिस्ट आन्दोलनको पुँजी भएको भन्दै सम्मान गरेको बताए । सम्मानीत हुने नेताहरुले कम्युनिस्ट आन्दोलनका धेरैजसो पुराना नेताहरु भ्रष्टिकृत भएको आरोप लगाए । उनीहरुले कम्युनिष्ट आन्दोलनमा अब एउटा आशाको दियो विप्लव देखिएको भन्दै एक पटक सबैले साथ दिनु पर्ने विचार राखे ।

उनीहरुले विप्लवको नेतृत्वमा अहिलेको दलाल पुँजीवादी व्यवस्था पल्टाएर जनताको व्यवस्था बैज्ञानिक समाजवाद अथवा नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्ने पनि बताए ।

पाका नेताहरुको सम्मानका लागि नेकपा ललितपुर जिल्ला इन्चार्ज विपिन, सचिव विकास सी लगायतकानेता,कार्यकर्ताहरुको टोली पाका कम्युष्निट नेताहरुको घरमै पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।