![](https://janapatrika.com/wp-content/uploads/2023/11/received_327025106734904.png)
पार्टीको १० औँ पुनर्गठन दिवसको अवसरमा नेकपा मेची ब्युरो अन्तर्गतका जिल्लाहरुले पुराना तथा कम्युनिस्ट आन्दोलनका व्यक्तित्वहरुलाई विभिन्न कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
नेकपा पश्चिम झापाले दमक नगरपालिका वडा नं. २ मा बस्ने अग्रज कम्युनिस्ट योद्धा गणेश बहादुर पौडेललाई सम्मान प्रदान गरेको छ । झापा आन्दोलन हुँदै निरन्तर क्रान्तिकारी आन्दोलनको कित्तामा उभिदै आउनुभएका ७० वर्षिय गणेश बहादुरलाई पार्टीले खादा ओढाएर सम्मान गरेको हो । पौडेल हाल नेपाल कम्युनिस्ट पार्टीकै सदस्य रहनु भएको छ भने सिंगो परिवार आन्दोलनमै छन् ।
त्यसैगरी नेकपा इलामले इलाम नगरपालिका वडा नं. ४ बस्ने सुर्य बहादुर लिम्बु र माइ नगरपालिका वडा नं. ३ बस्ने खेम बहादुर आचार्यलाई सम्मान प्रदान गरेको छ ।
नेकपाद्वारा सम्मान गरिएका सबै अग्रज व्यक्तित्वहरुले पन्चायत विरुद्धको आन्दोलनमा सक्रिय भूमिका खेल्नु भएको थियो ।
साथै झापा विद्रोहदेखि १० वर्षे जनयुद्धमा समेत उहाँहरुले अथक संघर्ष गर्नु भएको इतिहास जिवित छ ।
कम्युनिस्ट पार्टीको विचारलाई थप जनप्रीय बनाउन र नयाँ पुस्तालाई कम्युनिस्ट आदर्शप्रति आकर्षित गर्न अहिले पनि उहाँहरु सक्रिय रुपमा लागिरहनु भएको छ ।
नेकपा पश्चिम झापाले सम्मान प्रदान गरेको अग्रज कम्युनिस्ट व्यक्तित्व गणेश बहादुर पौडेल भन्नू हुन्छ “श्रमजीवी जनताको हितमा काम गर्ने हैसियत केबल कम्युनिस्टको मात्रै हुन्छ।” उहाँले पार्टी पङ्तीलाई निस्वार्थ रुपमा श्रमजीवी वर्गको लागि काम गर्न सुझाव समेत दिनु भयो ।