२३ कार्तिक २०८१, शुक्रबार

गुल्मीमा नेकपाले मनायो पार्टी पुनर्गठन दिवस

0

गुल्मी: नेकपा गुल्मीले दशौं पार्टी पुनर्गठन तथा जनमुक्ति सेना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । पार्टीको पूर्वी लुम्बिनी ब्युरो कार्यालयले तय गरेको योजना अन्तर्गत मंसिर ६ गते जिल्लाको सत्यवती गाउँपालिका र मदानेमा भित्तेलेखन गरिएको छ ।
त्यस्तै मंसिर ७ गते सत्यवती गाउँपालिका वडा नं. ३ को ठूलो लुम्पेक स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य उपचार गराउदै आएका १० जना बृद्ध र दीर्घरोगीहरुलाई जाडोमा लगाउने लत्ताकपडा वितरण गरिएको छ । त्यस्तै मंसिर ८ गते ठूलो लुम्पेकको गाउँडाँडामा शुभकामना ब्यानर झुण्ड्याइएको छ भने स्थानीय बुद्धिजीवी, कर्मचारी, श्रमिक समुदाय, महिला, युवा, स्थानीय नेता कार्यकर्तासित शुभकामना आदानप्रदान गरिएको छ ।


मंसिर ८ गते सत्यवतीमा भएको भलिबल प्रतियोगितामा प्रगतिशील समाजलाई दुईवटा भलिबल प्रदान गरिएको छ भने साँझ धुर्कोट गाउँपालिकाको बर्बोट बजारमा दीप प्रज्वलन र शुभकामना आदानप्रदान सम्पन्न गरिएको छ । कार्यक्रममा सहभागी सबैलाई नेकपा गुल्मीले धन्यवाद ज्ञापन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।