६ जेष्ठ २०८१, आईतवार

महासचिव विप्लवलाई गृह पालिकाको बागमारामा भव्य बाजागाजासहित स्वागत र अभिनन्दन

0

थवाङ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई आफ्नो गृह पालिकामा भव्य स्वागतसहित अभिनन्दन गरिएको छ । रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ३ तल्लो बागमारामा स्थानीय जनतासहित पार्टीका नेता कार्यकर्ताले भव्य बाजागाजासहित अभिनन्दन गरेका हुन् ।


विप्लवको आगमनसहित परिवर्तन गाउँपालिकाका विभिन्न गाउँ ठाउँबाट जनताहरुको बाक्लो उपस्थिति रहेको थियोे । विप्लवसहित नेकपाका स्थायी समिति सदस्य विषम सी, अनिल सी, पिविएम आदर्श सी, विजय सी, असल सी, केन्द्रीय सदस्यहरु सविन सी, सम्झना सी, दिनेश सी, आरोही सी लगायतका नेतृत्वलाई बागमारामा स्थानीयले बाजागाजासहित स्वागत गरिएको हो ।


स्वागतपछि बागमारामा आयोजित सर्वपक्षीय भेटघाट तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै विप्लवले देश अफ्ट्यारोमा परेको भन्दै देशलाई माया गर्ने शक्तिहरु एकजुट हुन अपिल गरेका छन् ।
जताततै असन्तुष्टि छ, यसलाई समाधान गर्न सबै दलहरू एकजुट नभए मुलुक झन् जटिलता तर्फ जाने बताए ।
देशमा जातीय र धार्मिक लडाइँ मच्चाएर मुलुकलाई अस्थिरता तर्फ लैजाने कोशिश भईरहेको भन्दै यश तर्फ सबै सचेत हुनु पर्नेमा ज‍ोड दिएका छन् ।
सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा नेपाली काङ्ग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी लगायत दलहरू र परिवर्तन गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु,शिक्षक एवम् स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा सहभागीहरुले राखेको प्रश्नको जवाफ महासचिव विप्लवले दिएका थिए ।
सर्वपक्षीय भेटघाट पछि महासचिव आज आफ्नै जन्मगाउँ रोल्पाको केओरी जाने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।