१० पुष २०८१, बुधबार

३ नम्वर जिल्ला काठमाडौंद्धारा जनसम्वन्ध विस्तार अभियान संचालन गर्ने निणर्य

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ३ नम्वर जिल्ला समिति काठमाडौंले जनतासंगको जनसम्वन्ध प्रगाड बनाउन दुई महिने जनसम्वन्ध विस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ ।

शनिवार काठमाडौंमा बसेको जिल्ला समितिको दोस्रो आवधिक योजनाको दोस्रो पूर्ण बैठकले दुई महिने जनसम्वन्ध विस्तार अभियान संचालन गर्ने निर्णय गरेको हो ।
बैठकले अभियान संचालनका लागि दुई वटा टिम गठन गरेको छ । जसमा चन्द्रागिरी नगरपाकिाका लागि श्याम सीको नेतृत्व र नागरजुन नगरपालिका लागि रकम सीको नेतृत्वमा दुईवाट टिम बनाएर जनसम्वन्ध विस्तार अभियान संचालन गर्ने निर्णय गरेको बताईको छ ।

बैठकलाई जिल्ला इन्चार्ज डिआर सीले सम्वोधन गर्दै नेपालमा असफल दलाल संसदीय व्यवस्थाको विकल्प नेपाली विशेषताको समाजवाद भएको बताए ।

उनले महेश बस्नेतको संसदीय यही व्यवस्था ठिकको आन्दोलन र दुर्गाप्रसाईको व्यवस्थाको विकल्प राजतन्त्र भन्ने यी दुवै कुरा गलत भएको बताए । उनले भने ‘नेपालमा अहिलेको संकटको निकास असफल व्यवस्था बदल्नु हो । तर समाजवादमा पुग्नको लागि बदल्नु पर्छ । राजतन्त्र ल्याउनको लागि होईन ।’

नेता डिआरले पार्टीले तय गरेको दुई महिने जनसम्वन्ध विस्तार अभियानलाई सफल बनाउन प्रतिवद्ध भएर काममा लाग्न पनि अभियान टिमलाई निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।