१० पुष २०८१, बुधबार

१० औं पार्टी पूनर्गठन दिवस इलाममा विभिन्न कार्यक्रम गरी मनाईयो

0

इलाम । नेपाल कम्युनिस्ट पार्टी ईलामले १० औ पार्टी पूनर्गठन दिवस अन्तरक्रिया,सम्मान तथा दिप प्रज्वलन लगायतका विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाएको छ ।

शुक्रवार ईलामको जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाँस बक्ताहरुले नेपाल कम्युनिष्ट पार्टीप्रति सबैले आशाको नजरले हेरेको बताएका छन ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सल्लाहकार होम सीले पार्टी पूनर्गठन दिवसको अवसरमा शुभकामना दिदै मंसिर ८ को दिन विप्लवको नेतृत्वमा संसदवाद र दलाल पुँजीवाद बिरुद्धको बिद्रोह गरेको दिन भएको स्मरण गरे ।

उनले नेपाल कम्युनिष्ट पार्टी १० बर्षपछि आम नेपाली जनताको आश लाग्दो क्रान्तिकारी पार्टीको रुपमा स्थापित भएको बताए ।
उनले यो ब्यवस्था सैद्धान्तिक रुपमा मात्र नभएर ब्यवहारिक रुपमै असफल भएको कुरामा सिंगो देश सहमत भएको भन्दै देशको संकटको निकास र पश्चिमा शक्तिहरुको हस्तक्षेपको विकल्प नेपालमा नेपाली विशेषताको समाजवाद मात्र भएको जिकीर गरे ।

नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मौसम सीले प्रचण्ड–बाबुरामहरुको दक्षिणपन्थी संशोधनवादी विसर्जनवादी तथा आत्मसमर्पणवादी प्रवृति र किरणको अकर्मण्यतावाद बिरुद्ध विप्लवले बिद्रोह गरेको दिन भएको बताए ।

उनले अहिलेको देशको संकटको निकास सबै माओवादी,कम्युनिष्टहरु बिचको एकता ध्रुबीकरण र संयुक्त मोर्चा निर्माण आवश्यक भएको बताए । जिल्ला पार्टी सचिब नवराज सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य होम सी र बिशेष अतिथि केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज मौसम सी रहेका थिए ।

यस्तै पार्टी पूनर्गठन दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी मेची ब्यूरोले आयोजना गरेको जनवादी सांस्कृतिक जागरण अभियानमा सहभागी कलाकारहरुलाई दोसल्लाह ओढाउँदै सम्मान पत्र प्रदान गरी सम्मान गरिएको छ ।

१० औं पार्टी पूनर्गठन दिवसको अवसरमा शुक्रवार साँझ ५ बजे ईलामको चोक बजारमा दिप प्रज्वलन पनि गरिएको छ । दिप प्रज्वलन कार्यक्रममा सयौं पार्टी नेता,कार्याकर्ता शुभचिन्तक र ईलामेली जनताहरुको सहभागित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।