६ जेष्ठ २०८१, आईतवार

थबाङको कृषि बाली प्रयोगशालाको महासचिव विप्लवद्वारा अवलोकन

0

रोेल्पा । रोल्पाको थबाङमा रहेको श्री वीरबलभद्र नमुना माध्यमिक विद्यालयले सञ्चालन गरेको कृषि बालि विज्ञान प्रयोगशाला फिल्डको नेकपाका महासचिव विप्लवले अनुगमन गरेका छन् ।

विद्यालयले बिद्यार्थीका लागि सञ्चालन गरेको कृषि प्रयोगशाला अवलोकन गर्दै यसलाई थप व्यवस्थित बनाउन स्थानीय पार्टी कमिटीलाई सहयोग गर्न निर्देशन समेत दिएका थिए ।

अवलोकनका क्रममा कृषि प्रयोगशालाका संयोजक अमर श्रेष्ठले यसलाई अझै सुधारको खाँचो रहेको बताएका थिए ।

कृषि प्रयोगशाला तथा फर्ममा विभिन्न जातका तरकारी,फलफुल लगायत पशु सम्बन्धि व्यवहारिक शिक्षा दिने गरेको विद्यालयका प्रधानाध्यापक कुल बहादुर ओलीले जनपत्रिकालाई बताए ।

फर्म तथा प्रयोगशालाको अवलोकन पछि महासचिव विप्लवले थवाङका अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण समेत दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।