४ आश्विन २०८१, शुक्रबार

भब्य सांस्कृतिक कार्यक्रमका बिच माल्कोटलाई ‘सी गाउँ’ घोषणा गरिदै

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरी जनयुद्ध तथा एकीकृत जनक्रान्तिको आधारभूमी माल्कोटलाई नेपालकै पहिलो हुने गरी मंसिर १२ गते ‘सी गाउँ’ घोषणा गर्दैछ ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले पार्टी पूनर्गठनको दिन पारेर मंसिर ८ गते नै माल्कोटलाई ‘सी गाउँ’ घोषणा गर्ने भनिएपनि तयारी नपुगेकाले मंसिर १२ गतेका लागि सारिएको हो । पर्सि मंसिर १२ हुने हुने सी गाउँ घोषणा कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यता रहनेछ ।

शनिवार माल्कोटमा उपलब्ध पार्टीका केन्द्रीय सदस्यहरु विराट,विवेक,बलवानसंगको अनौपचारिक बैठकमा नेकपाका प्रवक्ता प्रकाण्डले भव्य तयारी गरी सी गाउँ घोषणा तथा सांकृतिक कार्यक्रम गर्न निर्देशन दिएका थिए ।

कार्यक्रम माल्कोटको सेरापाटा स्थिति नन्दादेवी माध्यमिक विद्यालयको प्राङगडमा आयोजना गरिएको छ । कार्यक्रममा प्रभात सांस्कृति परिवारसंगै स्थानीय जनताको हुट्के,झाँकी,देउडा,गीत नृत्यहरु प्रस्तुत गरिनेछन ।

सी भनेको अंग्रेजीमा कम्युनिष्ट (communist) र कम्युनिष्टको नेपाली अर्थ साम्यवादी भएकाले माल्कोट गाउँलाई ‘कम्युनिष्ट साम्यवादी गाउँ’ घोषणा गर्न लागिएको नेकपाका कालिकोट जिल्ला इन्चार्ज बलवान सीले बताएका छन ।

उनले सी गाउँ,सी संस्कृति, राजनीतिक,आर्थिक,सामाजिक विषयमा आफ्नै संस्कार र संस्कृति स्थापित गर्न सी गाउँ घोषणा गर्न लागिएको जानकरी दिए ।
माल्कोट क्रान्तिको अग्रणीय र उर्बरभूमी होे । यहाँ जनयुद्धको क्रममा मात्र ३३ जना र एकीकृत जनक्रान्तिको क्रममा १ जना गरी ३४ जनाको बलिदान भएको छ । यही गाउँमा नेकपाका प्रवक्ता प्रकाण्डको पनि जन्म भएको हो ।

स्मरणरहोसःजनयुद्धको क्रममा जनदमनमा माल्कोट गएको प्रतिक्रियावादी सत्ताको प्रहरीलाई २०५४ साल चैत्र २६ गते स्थानीय क्रान्तिकारी महिलाहरुले विथोल्डाँडाबाट लख्ेट्दै रहगाडा पुर्याएर हतियार खोसेर पार्टीलाई समेत बुझाएको गाउँ हो ।

यो गाउँ कम्युनिष्ट तथा विशेषगरी माओवादी विचारधारामा संगठित गाउँ भएकाले नेकपाले माल्कोटलाई पहिलो पटक भव्य सांस्कृतिक कार्यक्रमका बिच साम्यवादी अथवा ‘सी गाउँ’ घोषणाको तयारी गरेको बताईएको छ ।

अनौपचारिक केन्द्रीय सदस्यहरुको बैठकले नेकपा प्रवक्ता प्रकाण्ड मंसिर १६ गते सम्म माल्कोट रहने भएकाले विभिन्न कार्यक्रम पनि तय गरेको छ ।

मंसिर १३ गते पार्टी जिल्लाका कार्यकर्ताहरुको आन्तरिक प्रशिक्षण, १४ गते पार्टी जिल्लाको बैठक, १५ गते नन्दादेवि माध्यमिक विद्यालय सेरापाटाको नयाँ भवन उद्घाटन र १६ गते पार्टीले काटेको सड्क उ्टघाटन गर्ने कार्यक्रम तय भएको नेकपा कालिकोटले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।