२४ पुष २०८१, बुधबार

थबाङको कार्यकर्ता प्रशिक्षण सकेपछि महासचिव विप्लव रोल्पाको बागमारामा

0

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी शुक्रबार रोल्पाको थवाङमा आयोजित पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना पछि शनिबार बिहान थबाङका अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिएर बागमारा जाने कार्यक्रम तय गरेका छन् । शनिबार दिउँसो २ बजे बागामारामा आयोजित सर्वपक्षीय भेटघाटमा विप्लव सहभागी हुने कार्यक्रम रहेको पार्टी पिविएम असल सीले जनपत्रिकालाई बताए ।
शनिबार बिहान थबाङको सहिद हलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले कम्युनिस्टका विरुद्ध कम्युनिस्टहरु लड्न नहुने तर्क गरेका छन् ।

कतिपय खराब कम्युनिस्टलाई असल र ईमानदार कम्युनिस्टले विचार तथा व्यवहारले जित्नु पर्ने भन्दै जनपक्षीय कार्यशैली अगाडि बढाउन कार्यकर्तालाई निर्देशन गरेका छन् । विप्लवले १० बर्षे जनयुद्ध र बिद्रोह मार्फत जनताका मुद्दा स्थापित भए पनि जनताका हातमा सत्ता नपुगेको विप्लवले बताए ।
कार्यकर्ता सहित अन्तरक्रियामा सहभागी भएका विप्लवले सहिदका सपना दायाँबायाँ हुन नदिने बताए ।
हामी कतिपय बिषयमा संकिर्ण छौँ,यसलाई फराकिलो बनाउदै लगेर यो देशको नेतृत्व आफूहरूले गर्ने बताए ।


पार्टी स्थापना दिवसको जनसभालाई सम्वोधन गर्न थवाङ पुगेका विप्लवलाई थवाङका स्थानीयले भब्य गाजाबाजा सहित स्वागत गरेका थिए ।
जनयुद्धको केन्द्रको रुपमा स्थापित रोल्पाको थवाङ जाने क्रममा विप्लव रोल्पाका विभिन्न ठाउँमा अगुवा कार्यकर्ता तथा जनता भेटघाट गर्दै थवाङ पुगेका थिए ।


महासचिव विप्लव सहित स्थायी समिति सदस्यहरु विषम, अनिल, पिविएम असल, विजय, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन लगायतका नेताहरू बागामारा गएका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।