३ जेष्ठ २०८१, बिहीबार

थबाङको विरबलभद्रले सञ्चालन गरेको कृषि बाली प्रयोगशालाको महासचिव विप्लवद्वारा अवलोकन

0

रोल्पाको थबाङमा रहेको श्री विरबलभद्र नमुना माविले सञ्चालन गरेको कृषि बालि विज्ञान प्रयोगशाला फिल्डको नेकपा महासचिव विप्लवले अनुगमन गरेका छन् ।
विधालयले बिधार्थीका लागि सञ्चालन गरेको कृषि प्रयोगशाला अवलोकन गर्दै यसलाई थप व्यवस्थित बनाउन स्थानीय पार्टी कमिटीलाई सहयोग गर्न निर्देशन समेत दिएका थिए ।

अवलोकनका क्रममा कृषि प्रयोगशालाका संयोजक अमर श्रेष्ठले यसलाई अझै सुधारको खाँचो रहेको बताएका थिए ।
कृषि प्रयोगशाला तथा फर्ममा विभिन्न जातका तरकारी, फलफूल लगायत पशु सम्बन्धि व्यवहारिक शिक्षा दिने गरेको विद्यालयका प्राध्यापक कुल बहादुर ओलीले जनपत्रिकालाई बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।