४ आश्विन २०८१, शुक्रबार

जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशद्वारा पत्रकार महासंघलाई ज्ञापन–पत्र पेश

0

कैलाली । जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशले सबैको साझा संस्थाको अनुभूति हुने गरी काम गर्न नेपाल पत्रकार महासंघल सुदूरपश्चिम प्रदेशलाई अनुरोध गरेको छ ।
जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेश समितिका संयोजक धीरज प्रपाला र केन्द्रीय सदस्य भरत दास सहितको टोलीले सोमबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सचिव हरी जोशीलाई संगठनको ज्ञापन–पत्र बुझाउदै यस्तो अनुरोध गरेको हो ।
जनपत्रकार संगठन नेपालको केन्द्रीय योजना अनुसार बुझाएको ज्ञापन–पत्रमा श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सुनिश्चितताका लागि पत्रकार महासंघ गम्भीर हुनुपर्ने उल्लेख गरिएको छ ।
आर्थिक संकटका कारण अप्ठ्यारोमा परेका सञ्चार माध्यमहरुको सुरक्षा संरक्षण र सम्वद्र्धनका लागि प्रदेश महासंघद्वारा तत्काल पहल गर्न माग गरिएको छ ।
नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिदै गर्दा सुदूर पश्चिमका विभिन्न जिल्लाहरुले सिफारिस गरेका पत्रकारहरुलाई प्रदेश महासंघले विना उजुरी रोकेको उल्लेख गर्दै त्यस्ता पत्रकारहरुको सवालमा महासंघले निश्पक्षताकासाथ सोच्न जरुरी भएको ज्ञमापन पत्रमा उल्लेख गरिएको छ ।
निरन्तर काम गर्दै आएका पत्रकारलाई महासंघको सदस्यता प्रदान गरिनुका साथै क्षमता अभिबृद्धि गर्ने तालिम र प्रशिक्षणको ब्यबस्था गरी पत्रकारहरुको बृद्धि विकासमा जोड दिन पनि माग गरिएको छ ।
जनपत्रकार संगठनले पत्रकार महासंघलाइ एनजिओका रुपमा र पार्टीको भातृ संगठनका रुपमा नभई सबैको साझा संगठनका रुपमा विकास गर्न सुझाव पनि दिएको छ ।
ज्ञापन पत्र बुझ्दै पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सचिब हरि जोशीले जनपत्रकार संगठन नेपालले राखेका मागहरु सबैका साझा माग भएकाले सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।