४ आश्विन २०८१, शुक्रबार

काठमाडौंको मित्रनगरमा नेकपाको टोल समिति गठन

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला नम्बर १ ले ‘जनसम्बन्ध विस्तार अभियान’ सुरु गरेको छ । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित नयाँ बसपार्क मित्रनगर टोलबाट अभियानको उद्टघान गरिएको छ ।

सोमबार दिउसो एक कार्यक्रमकाबीच नेकपा केन्द्रीय सदस्य तथा जिल्ला नम्बर १ इन्चार्ज भृकुटी सीले अभियानको उद्घाटन गरेकी हुन् । पार्टीको ‘जनआधारित पार्टी, जनआधारित नेता कार्यकर्ता’ बनाउने नीति अनुसार काठमाडौं जिल्ला नम्बर १ ले अभियान सुरु गरेको हो ।

अभियानले बसपार्कका सन्तोष लिम्बुको नेतृत्वमा १३ सदस्यीय टोल समिति गठन गरिएको छ । सन्ताषलाई नै संगठनको सेक्रटरीको जिम्मेवारी दिइएको नेकपा काठमाडौंले जनाएको छ । अभियानमा ईन्चार्ज भृकुटीसहित जिल्ला सेक्रेटरी दिपक सी, युवा संगठन नेपाल उपत्यका व्युरोका संयोजक अनिल सी लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।