६ जेष्ठ २०८१, आईतवार

उत्कृष्ट विद्रोह भनेकै जनयुद्ध हो, अपमान गर्ने छुट कसैलाई छैन : विप्लव

0

प्युठान: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले १० बर्षे जनयुद्ध नेपालको उत्कृष्ट बिद्रोह भएको बताएका छन् । प्युठानको जुम्री बजारमा आयोजित जनभेटघाट कार्यक्रममा सम्बोधन गर्दै विप्लवले जनयुद्ध तथा जनविद्रोहलाई अपमान र बदनाम गर्ने छुट कसैलाई नभएको जिकिर गरेका छन् ।

जुम्री बजारमा आयोजित सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा विप्लवले देश अफ्ट्यारोमा परेको भन्दै प्युठानलाई एकजुट भएर परिवर्तनका लागि अगाडि बढ्न अपिल गरेका छन् । विप्लवले क्रान्तिकारी र जनपक्षीय आन्दोलन मार्फत देशलाई माया गर्ने शक्तिहरु एकजुट हुन आवश्यक रहेको बताए ।


संसदीय व्यवस्था असफल र बदनाम बन्दै गएको भन्दै विप्लवले समाजवादी व्यवस्थाका लागि प्युठानले विशिष्ट भुमिका खेल्नु पर्ने बताए ।
विप्लवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्रले जनयुद्धका मुद्दा असफल भएको बताउदै जनताका हातमा अधिकारी र न्यायको सुनिश्चितताका लागि सबै कम्युनिस्ट देशभक्तहरु एकजुट छिट्टै हुने बताए ।

रोल्पाबाट फर्कने क्रममा प्युठान आईपुगेका महासचिव विप्लवलाई प्युठानका चोकचोकमा स्वागत र अभिनन्दन गरिएको थियोे ।
प्युठानको चकचके चोकमा स्थानीयहरु फुलमाला सहित स्वागत गरेका थिए भने जुम्री बजारमा समेत विप्लवलाई स्वागत सहित खुसियाली र्याली निकालेका थिए ।


कार्यक्रममा बोल्ने बुद्धिजीवीहरुले नेपालको क्रान्तिकारी र परिवर्तनशिल आन्दोलनमा एउटा ईमानदार र स्वच्छ छवीका विप्लव बाट जनताले अभुतपुर्व अपेक्षा राखेको बताएका थिए । बुद्धिजीवी झपेन्द्र वैधले नेपालका समग्र माओवादी आन्दोलनको नेतृत्व र रक्षा गर्ने जिम्मेवारी विप्लवको काधमा आएको बताएका थिए । यस्तै प्युठान नगरपालिकाका मेयर बिष्णु गिरीले कम्युनिस्ट आन्दोलनको एकताको नेतृत्व विप्लवले गर्नुपर्ने बताए ।
सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा नेपाली काङ्ग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी लगायत दलहरू र गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु,शिक्षक एवम् स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षतामा पार्टी केन्द्रीय सदस्य जागृती र सञ्चालन जिल्ला सेक्रेटरी परिवर्तन सीले गर्नु भएको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।